चालु आर्थिक वर्षको सात महिनाको अवधिमा धनकुटामा चालिस जना क्षयरोगका नयाँ विरामी फेला ।

धनकुटा ९ चैत।
 चालु आर्थिक वर्षको सात महिनाको अवधिमा धनकुटामा चालिस जना क्षयरोगका नयाँ विरामी फेला परेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले आज धनकुटामा विश्व क्षयरोग दिवसको अवसरमा पत्रकार तथा सञ्चारकर्मी अन्तरक्रिया कार्यक्रमको आयोजना गरि दिएको जानकारी अनुसार गएको साउन महिना देखि माघं मसान्त सम्मको अवधिमा जिल्लामा क्षयरोगका चालिस जना नयाँ विरामी फेला परेका हुन् ।

क्षयरोगका विरामी मध्ये महिलाको भन्दा पुरुषको संख्या वढि रहेको छ ।१२ जना महिला र २८ जना पुरुष फेला परेको जिल्ला स्वास्थय कार्यालय धनकुटाका क्षयरोग कार्यक्रमका फोकल पर्सन सुजा अमात्यले वताउनुभयो ।

महिलाको तुलनामा पुरुषहरु सार्वजनिक ठाउँमा वढि मात्रामा देखिने भएकाले स्वासप्रश्वासको माध्यमवाट सर्ने भएकाले पनि पुरुषमा वढि देखिएको जिल्ला स्वास्थय कार्यालय धनकुटाका प्रमुख डाः फडिन्द्रप्रसाद वरालले वताउनुभयो ।

जिल्लामा क्षयरोग नियन्त्रणका लागी सामुदायमा आधारित क्षयरोग व्यवस्थापन कार्यक्रम जिल्ला भरि सञ्चालनमा रहेको वरालले वताउनुभयो । क्षयरोग लागेपछि ६ महिना सम्म नियमित औषधी सेवन गरे क्षयरोग निको हुने स्वास्थयकर्मीले वताएका ।

क्षयरोग कार्यक्रमका फोकल पर्सन सुजा अमात्यका अनुसार सवैभन्दा वढि धनकुटा नगरपालिकामा क्षयरोग विरामी फेला परेका छन् । जसमा धनकुटा नगरपालिकामा ३ जना महिला र ७ जना पुरुष रहेका छन् । यस्तै सागुरीगढी गाउँपालिमा दुई महिला सहित ७ जना पुरुष,छथरजोरपाटी गाउँपालिकामा ३ महिला सहित दुई जना पुरुष,चौविसे गाउँपालिकामा ३ जना महिला सहित १ पुरुष फेला परेको फोकल पर्सन अमात्यले वताउनुभयो ।

यसैगरि पाख्रिवास नगरपालिकामा एक महिला सहित दुई पुरुष,महालक्ष्मी नगरपालिकामा ५ पुरुष र शहिदभुमि गाउँपालिकामा ४ जना पुरुषमा क्षयरोग देखा परेको छ । पत्रकार तथा सञ्चारकर्मी अन्तरक्रिया कार्यक्रममा विश्व तथा नेपालमा क्षयरोगको अवस्थाको वारेमा समेत जानकारी गराईएको छ ।

क्षयरोग अर्था टिबी माइकोब्याक्टेरिएम ट्युबरकुलोसिस भन्ने सुक्ष्म जीवाणुको संक्रमणबाट लाग्ने सरुवा रोग हो । क्षयरोगको जीवाणु हाछ्युँ गर्दा वा खोक्दा हावा सँगै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ ।

क्षयरोग स्वास प्रस्वासको माध्यमावाट सर्ने सर्ने भएकाले एक जना क्षयरोगीले १ वर्षमा १० देखि १५ जना सम्म स्वस्थय मानिसलाई सार्न सक्दछ भने शहरी क्षेत्रमा २५ जना सम्मलाई सार्न सक्ने स्वास्थयकर्मीको भनाई छ ।

विश्व क्षयरोग दिवस भोली मार्च २४ का दिन नेपालमा पनि सवै तहको सक्रिय नेतृत्वको प्रतिवद्धता,क्षयरोगमुक्त नेपालको सुनिश्चितता भन्ने नारा सहित मनाईदै छ ।

प्रतिकृया दिनुहोस

चालु आर्थिक वर्षको सात महिनाको अवधिमा धनकुटामा चालिस जना क्षयरोगका नयाँ विरामी फेला ।

फागुन २५ काठमाण्डौ  । राजधानीमा आजदेखि एसियाली क्यान्सर विशेषज्ञ सम्मेलन शुरु भएको छ । एसियाली मुलुकमा पछिल्लो समयमा बढ्दै गएको स्तन क्यान्सर

चालु आर्थिक वर्षको सात महिनाको अवधिमा धनकुटामा चालिस जना क्षयरोगका नयाँ विरामी फेला ।

फागुन १९ धनकुटा ।   चालु आर्थिक वर्षको माग महिना सम्म जिल्लाका ३ सय ३६ जना महिलाले सूरक्षित गर्भपतन गराएका छन् । उनीहरु मध्ये २ सय २५ जनाले

चालु आर्थिक वर्षको सात महिनाको अवधिमा धनकुटामा चालिस जना क्षयरोगका नयाँ विरामी फेला ।

कञ्चनपुर । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले सदरमुकाम भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताललाई क्षयरोग पत्ता लगाउन अत्याधुनिक जिन एक्सपोर्ट