धनकुटाको सागुरीगढी गाउँपालिकाको विभिन्न दुईवटा वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा ।

वैशाख १४ धनकुटा ।

धनकुटाको सागुरीगढी गाउँपालिकाको विभिन्न दुईवटा वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ ।

त्यहाँका शत प्रतिशत वालवालिकाहरुलाई आवश्यक खोप पूरा भए सँगै आज एक कार्यक्रमको आयोजना गरी त्यहाँको ९ र १० नं वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषण गरिएको जनाइृएको छ ।

 १० नं वडाध्यक्ष यज्ञ वहादुर राईको प्रमुख आतिथ्य तथा ९ नं वडाध्यक्ष जीत वहादुर राईको अध्यक्षतामा सञ्चालित कार्यक्रममा वोल्दै सागुरीगढी गाउँपालिका स्वास्थ्य सह संयोजक खेमराज खड्काले गाउपालिका क्षेत्रमा आधारभूत आवश्यक्ताका औषधीहरु समेत  सकिएको  अवस्थामा त्यस्ता औषधी छिटो खरिद गरी स्वाथ्यचौकीलाई उपलव्ध गराई दिन वडाध्यक्षहरुलाई आग्रह गर्नुभयो ।

 उहाँले विभिन्न रोगको संक्रमणवाट वच्न र अन्तराष्ट्रि देशहरुमा जान समेत आवश्यक मात्रामा खोप लगाईएको कार्ड अनिवार्य चाहिने हुँदा वालवालिकाहरुलाई लगाउनु पर्ने हरेक खोप अनिवार्य लगाउन सर्वसधारणलाई सचेत पनि गराउनु भएको हाम्रा सहकर्मी नेगेन्द्र राईले जानकारी दिनुभयो ।

 कार्यक्रमको सञ्चालन आहाले स्वास्थ्य चौकी ईचार्ज रुपेश पण्डितले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस

धनकुटाको सागुरीगढी गाउँपालिकाको विभिन्न दुईवटा वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा ।

असार २२ धनकुटा ।   एमनेष्टि ईन्टरनेश्नल निशानदीप समूह धनकुटाको संयोजकमा कृष्ण गोविन्द चेम्जोङ्ग चयन हुनुभएको छ । आज धनकुटामा सम्पन्न संस्थाको १७

धनकुटाको सागुरीगढी गाउँपालिकाको विभिन्न दुईवटा वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा ।

असार २२ धनकुटा ।    धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ८ का १८ जना जेष्ठ नागरिकलाई आज सम्मान गरिएको छ ।     वडाध्यक्ष विनय राईको अध्यक्षतामा

धनकुटाको सागुरीगढी गाउँपालिकाको विभिन्न दुईवटा वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा ।

असार २२ धनकुटा ।   धनकुटामा आज विहान माईक्रो दुर्घटना हुँदा १७ जना घाईते भएकाछन् । आज बिहान करिव ८ बजे तिर धनकुटाको हिलेबाट धरान तर्फ जाँदै गरेको को