गुरासे ध्वजे पटेक डाँडालाई पर्यटकीय स्थलको रुपमा थप विकास गरिने ।

वैशाख १४ धनकुटा ।

धनकुटा र तेह्रथुमको सिमानामा पर्ने गुरासे ध्वजे पटेक डाँडालाई पर्यटकीय स्थलको रुपमा थप विकास गरिने भएको छ ।

प्राकृतीक हिसावले आफै सुन्दर र आर्कषक यी डाँडाहरुलाई छथरजोरपार्टी गाउँपालिकाको पहलमा पर्यटकीय स्थलको रुपमा विकास गर्न लागिएको हो । जसका लागि यहाँ सञ्चालन गर्न सकिने विभिन्न सम्भावनाको अध्ययन भईरहेको छथरजोरपार्टी गाउँपालिकाका प्रमुख शेर वहादुर लिम्वुले वताउनुभयो ।  

जसअनुसार गत वैशाख १ गते नै गाउँपालिका प्रमुख लिम्वु, गापा उपाध्यक्ष विमला श्रेष्ठ लगायतको टोलिले सो डाँडाको अध्ययन अवलोकन गरेको गाउँपालिकाका प्रवक्ता टेक वहादुर घिसिङ्गको भनाई छ ।

यी डाडाहरुलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न गाउँपालिकाले अहिले ५ लाख वजेट छुट्याएको छ । तर ५ लाखले शूरुमा के काम गर्ने त भन्नेवारे भने अहिले निर्णय भईनसकेको प्रवक्ता घिसिङ्गले वताउनुभयो । यसको निर्णय चाँडै गरेर यही वैशाख भित्र काम थालिने पनि उहाँले वताउनुभयो ।

पटेक डाँडा समुन्द्र सतहवाट झण्डै २६ सय मिटरको उचाईमा रहेको अनुमान छ । यो डाँडा वाट रमणिय हिमश्रृङ्खलाका साथै पूर्वाञ्चलका विभिन्न जिल्लाहरु देख्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

गुरासे ध्वजे पटेक डाँडालाई पर्यटकीय स्थलको रुपमा थप विकास गरिने ।

असोज ३१ धनकुटा ।   कार्तिक ५ देखी  १७ गते सम्म धनकुटा अस्पतालमा सञ्चालन हुने वृहत नि शुल्क शल्यक्रिया स्वास्थ्य शिविरका व्यवस्थापनका लागि

गुरासे ध्वजे पटेक डाँडालाई पर्यटकीय स्थलको रुपमा थप विकास गरिने ।

असोज ३१ धनकुटा / शर्मिला राई । धनकुटाका युवाहरुमा पछिल्लो समय व्यवसायीक कृषी पेशा प्रति आकर्षण वढेको छ । यो पेषामा आकर्षित हुने युवाहरु प्राय

गुरासे ध्वजे पटेक डाँडालाई पर्यटकीय स्थलको रुपमा थप विकास गरिने ।

असोज २५ धनकुटा ।    नेपाल प्रहरीले आज विशेष कार्यक्रम गरी ६३ औँ प्रहरी दिवस मनाएको छ । यसैक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाले दिवसका अवसरमा