मझुवामा तरकारी संकलन केन्द्र निर्माण ।

वैशाख १५ धनकुटा  ।

 

छथर जोरपाटि गाउँपालिका वडा नम्वर ६ सगरमाथा टोल मझुवामा तरकारी संकलन केन्द्र निर्माण गरिदैे छ ।

प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना जोन कार्यन्वयन ईकाइ सिधुवाको आर्थिक सहयोगमा तरकारी संकलन केन्द्र निर्माण गरिदै गरिएको हो ।

प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना जोन कार्यन्वयन इकाइ सिधुवावाट आर्थिक वर्ष २०७४र०७५ को लागि विनियोजित बजेट ४ लाख ५० हजार आर्थिक लागतमा निर्माण भईरहेको संकलन केन्द्र भवन निर्माण कार्य अन्तरगत अहिले भुईढलान गर्ने , पिलर लगाउने र छाना लगाउने काम सकिईसकेको जोन कार्यन्वयन सन्चालन समितिका सदस्य खड्ग बहादुर पौडेलले वताउनुभयो ।

भवनको झ्याल, ढोका लगाउने र ईटाको वाल उठाउने काम भने आगामी आर्थिक वर्ष २०७५र०७६ मा प्राप्त हुने वजेटवाट गरिने योजना रहेको सदस्य पौडेलले बताउनु भयो । केन्द्र सञ्चानमा आएपछि मझुवाका ३५ देखि ४० घर कृषकहरु लाभान्वित हुनेछन्  ।

तरकारी संकलन केन्द्रमा किसानले उत्पादन गरेको तरकारी जन्य वस्तु साग, आलु ,बन्दा र मटरकोसा संकलन गरिने छ । संकलन केन्द्र स्थापना कार्य शूरु भएसँगै आफुहरुले उत्पादन गरेको तरकारी जन्य वस्तु प्रत्यक्ष व्यपारिक सम्र्पक मार्फत किनवेच गर्न पाउने र बिचौलियाको समस्या समेत केहीहद सम्म समाधान  हुने किसानहरुको अपेक्षा छ  ।

त्यस्तै यो केन्द्र सम्म तरकारीहरु गाडी, ट्रयाक्टर बाट ढुवानी गरी सिधुवा बजारमा निकाल्न सजिलो हुने जनाईएकोछ ।
 

प्रतिकृया दिनुहोस

मझुवामा तरकारी संकलन केन्द्र निर्माण ।

असार २२ धनकुटा ।   एमनेष्टि ईन्टरनेश्नल निशानदीप समूह धनकुटाको संयोजकमा कृष्ण गोविन्द चेम्जोङ्ग चयन हुनुभएको छ । आज धनकुटामा सम्पन्न संस्थाको १७

मझुवामा तरकारी संकलन केन्द्र निर्माण ।

असार २२ धनकुटा ।    धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ८ का १८ जना जेष्ठ नागरिकलाई आज सम्मान गरिएको छ ।     वडाध्यक्ष विनय राईको अध्यक्षतामा

मझुवामा तरकारी संकलन केन्द्र निर्माण ।

असार २२ धनकुटा ।   धनकुटामा आज विहान माईक्रो दुर्घटना हुँदा १७ जना घाईते भएकाछन् । आज बिहान करिव ८ बजे तिर धनकुटाको हिलेबाट धरान तर्फ जाँदै गरेको को