संघीय संसदको बजेट अधिवेशन आज शुरु हुँदै ।

वैशाख २३ काठमाण्डौ ।

 

संघीय संसदको बजेट अधिवेशन आज शुरु हुँदै, राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र अधिवेशनअघि जारी भएका चारवटा अध्यादेश प्रस्तुत हुने कार्यसूची । संघीय संसदको बजेट अधिवेशन आज शुरु हुँदैछ ।

प्रतिनिधिसभा र प्रदेशसभाको बैठक आज दिउँसो ४ बजे बस्दैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २३ गतेका लागि बजेट अधिवेशन आह्वान गर्नुभएको थियो । आजको बैठकमा संघीय संसदको अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र अधिवेशनअघि जारी भएका चारवटा अध्यादेश प्रस्तुत हुने कार्यसूची रहेको संसद सचिवालयका सह–प्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो ।

राष्ट्रपतिले दुई साताअघि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ९पहिलो संशोधन० अध्यादेश, राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी अध्यादेश सिफारिस गर्नुभएको थियो ।

संसद् सचिवालयका अनुसार चिकित्सा शिक्षा र राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश शुक्रबार नै संसदमा दर्ता भइसकेको छ । अरू दुई अध्यादेश आज बिहानै दर्ता गरेर अपराह्न दुवै सदनमा पेस हुने सचिवालयले जनाएको छ ।

यस्तै बैठकमा आ–आफनो सभासँग सम्बन्धित नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको सह– प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।
                                                                                                साँभार नेपाली रेडियो नेटवर्क
 

प्रतिकृया दिनुहोस

संघीय संसदको बजेट अधिवेशन आज शुरु हुँदै ।

असार १६ धनकुटा ।    धनकुटाको छथरजोरपाटीमा गाउँपालिकामा सञ्चालित वडा स्तरिय अध्यक्षकप भलिवल प्रतियोगिताको उपाधि १ नं वडाले उचालेको छ ।      

संघीय संसदको बजेट अधिवेशन आज शुरु हुँदै ।

असार ७ धनकुटा ।          धनकुटाको चौविसे गाउपालिकामा प्रदेश स्तरीय  प्रथम सगरमाथा कप पुरुष भलिबल प्रतियोगीता सञ्चालन हुने भएको छ ।    

संघीय संसदको बजेट अधिवेशन आज शुरु हुँदै ।

असार ३ झापा ।    उत्पादन गरेको दूध बिक्री नभएपछि दक्षिणी झापाको दक्षिणी क्षेत्रका किसानहरुले सडकमा पोखेका छन् । झापा गाउँपालिका–६, शरणामतीका