मोरङमा कार्यरत् प्रहरी हवल्दार विष्ट ०७५ साल वैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित ।

जेष्ठ ६ मोरङ । 

  जिल्ला प्रहरी कार्यालय, मोरङमा कार्यरत् प्रहरी हवल्दार भक्त बहादुर विष्ट ०७५ साल वैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ ।  १ नम्बर प्रदेश प्रहरी कार्यालयले अपराध अनुसन्धानमा उत्कृष्ट कार्य गरेको भन्दै विष्टलाई ‘पुलिस अफ द  मन्थ’ घोषणा गर्दै उहाँलाई सम्मान गरेको छ । उहाँले मोरङमा गोली प्रहार, कर्तव्य ज्यान, लुटपाट, चोरी जस्ता जघन्य प्रकृतिका अपराधहरूको सफल अनुसन्धान गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

  विभिन्न प्रलोभनमा पारी सर्वसाधरणलाई ठगी तथा बैकिङ कसुरमा संलग्न व्यक्तिहरूको पहिचान गर्ने र लागुऔषध ओसार पसार तथा भन्सार चोरी पैठारीका समानहरु बरामद गरी कारबाही गर्ने कार्य पनि उहाँले उत्कृष्ट कार्य गर्नु भएको  र गोप्य सूचना सङ्कलन गरी अपराध अनुसन्धान तथा नियन्त्रणमा उल्लेखनिय भूमिका निर्वाह गरेको हुँदा सम्पादित कार्यको कदर गर्दै यसको निरन्तरता एवं अन्य प्रहरी कर्मचारीहरूलाई समेत प्रोत्साहन मिलोस् भनी पुलिस अफ द मन्थ सम्मान दिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

मोरङमा कार्यरत् प्रहरी हवल्दार विष्ट ०७५ साल वैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित ।

असार १६ धनकुटा ।    धनकुटाको छथरजोरपाटीमा गाउँपालिकामा सञ्चालित वडा स्तरिय अध्यक्षकप भलिवल प्रतियोगिताको उपाधि १ नं वडाले उचालेको छ ।      

मोरङमा कार्यरत् प्रहरी हवल्दार विष्ट ०७५ साल वैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित ।

असार ७ धनकुटा ।          धनकुटाको चौविसे गाउपालिकामा प्रदेश स्तरीय  प्रथम सगरमाथा कप पुरुष भलिबल प्रतियोगीता सञ्चालन हुने भएको छ ।    

मोरङमा कार्यरत् प्रहरी हवल्दार विष्ट ०७५ साल वैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित ।

असार ३ झापा ।    उत्पादन गरेको दूध बिक्री नभएपछि दक्षिणी झापाको दक्षिणी क्षेत्रका किसानहरुले सडकमा पोखेका छन् । झापा गाउँपालिका–६, शरणामतीका