लक्ष्मी ढुङ्गा उचित संरक्षणको अभावमा ओझेमा ।

जेष्ठ १४ धनकुटा ।

 

धनकुटाको सागुरीगढी गाउँपालिका ८ मा रहेको लक्ष्मी ढुङ्गा उचित संरक्षणको अभावमा ओझेमा परेको छ । धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्न प्रवल सम्भावना रहेको यो ढुङ्गामा अहिले सम्म सम्वन्धित निकायको ध्यान नगएको स्थानीयले गुनासो गरेका छन् ।

 

   १ वर्ष अघि पूरातत्व विभागले सर्भेगरी महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा विकास गर्न सम्भवित ठाउँ भएको वताए पनि त्यस यता यसको सम्वद्र्धन प्रवद्र्धनका लागि कुनै प्रयासहरु नभएको स्थानीयलाई उधृत गर्दै हाम्रा सहकर्मी पदम राईले जानकारी दिनुभएको छ । ८ नं वडा को ढुङ्गे गाउँमा रहेको यस ढुङ्गामा विष्णुको पैताला र चक्रको छाप रहेको स्थानीय पूजारी रोजन राईको भनाई छ ।

 

  त्यहाँका स्थानीयले त्यो ढुङ्गामा विष्णुको सानो मूर्ति राखेर प्रत्येक महिनाको पूर्णीमाको दिन पूजा गर्ने गरेकाछन् । परापूर्व कालमा भगवान विष्णु त्यहाँ वास वसेकोले त्यस ढुङ्गामा उहाँको पाईला र चक्रको छाप रहन गरएको किंवदन्ति छ । यसको विकासका लागि पछिल्लो समय स्थानीयवासीले वडा र गाउँपालिका कार्यलयमा वजेटको माग गर्दै आएकाछन् ।

   स्थानीयले वजेट माग गरेपछि वडाले त्यस स्थानको विकासका लागि पहल गर्ने वताउदै आएको जनाईएको छ । 

प्रतिकृया दिनुहोस

लक्ष्मी ढुङ्गा उचित संरक्षणको अभावमा ओझेमा ।

असोज ३१ धनकुटा ।   कार्तिक ५ देखी  १७ गते सम्म धनकुटा अस्पतालमा सञ्चालन हुने वृहत नि शुल्क शल्यक्रिया स्वास्थ्य शिविरका व्यवस्थापनका लागि

लक्ष्मी ढुङ्गा उचित संरक्षणको अभावमा ओझेमा ।

असोज ३१ धनकुटा / शर्मिला राई । धनकुटाका युवाहरुमा पछिल्लो समय व्यवसायीक कृषी पेशा प्रति आकर्षण वढेको छ । यो पेषामा आकर्षित हुने युवाहरु प्राय

लक्ष्मी ढुङ्गा उचित संरक्षणको अभावमा ओझेमा ।

असोज २५ धनकुटा ।    नेपाल प्रहरीले आज विशेष कार्यक्रम गरी ६३ औँ प्रहरी दिवस मनाएको छ । यसैक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाले दिवसका अवसरमा