नागरीक सुचना र सुरक्षाका लागि घरघरमा  स्टिकर टास अभियान सूरु ।

जेष्ठ १४ धनकुटा ।

 

प्रहरीले नागरीक सुचना र सुरक्षाका लागि घरघरमा  स्टिकर टास अभियान सूरु गरेको छ ।  जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजनामा नागरीकहरुलाई  कुनैपनि प्रकारको असुरक्षा जन्य गतिविधिहुन नदिन सचेत गराउने उद्येश्यले उक्त स्टिकर टास गरिएको हो ।

   

  सुरक्षामा खटिने  प्रहरीलाई आफ्नो कामप्रति चुस्त,इमान्दार,जिम्मेवार र जवाफदेहि बनाउदै आम नागरीकलाई थप सुरक्षाको अनुभुती दिलाउन यो अभियान सञ्चालन गरिएको प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले बताउनुभयो । प्रहरीले  शंकास्पद चिजवस्तु वा  त्यस्ता क्रियाकलाप भएको जानकारी भएमा तत्कार प्रहरीलाई खवर गर्न अनुरोध पनि गरेको छ ।

   शान्ति सुरक्षालाई प्रभावकारी बनाउन आम नागरीकको पनि भुमिका महत्वपूर्ण हुने हुदा यो अभियानमा  सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।  कार्यक्रममा प्रदेश सभा सदस्य इन्द्रमणि पराजुली,प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामङ जिल्ला स्थित सुरक्षाका प्रमुख,सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

 

त्यस्तै 

   धनकुटा १ हिलेमा पनि प्रहरीले यो अभियान शूरु गरेको छ । हिले प्रहरीचौकीद्धारा आयोजित एक कार्यक्रमको वीच धनकुटा नगरपालिका १ हिलेका वडाध्यक्ष निरेन तामाङ्गले एक स्थानीयको घरमा विहान सूचना टाँसी अभियानको उद्घाटन गर्नुभएको हो ।

 

   आन्तिरिक मामिला तथा काकुन मन्त्रालयबाट सञ्चालित जनता संग प्रहरी कार्यक्रम अन्र्तगत १ नं प्रदेशको सम्पूर्ण जिल्ला तथा स्थानीय निकायमा यो अभियान आजवाट शूरु भएको अभियान उद्घाटन कार्यक्रममा हिले प्रहरी चौकीका ईञ्चार्ज यदु खड्काले जानकारी गरउनुभयो । उहाँले यो अभियान जनताका सूरक्षाका लागि सञ्चालन गरिएको भन्दै यसले समाजमा घट्ने हिंसा,अपराध,चोरी,डकैती लगायतका घटना न्यूनिकरणमा थप सघाउ पुग्ने वताउनुभयो ।

 

   घरघरमा टाँसिएका सूचनामा प्रहरीको विभिन्न निकायका पैसा नलाग्ने फोन नं हरु रहेको वताउदै उहाँले नागरकि आफुले कुनैपनि वेला कुनै स्थानमा असूरक्षित भएको महसुष गरे वा शंकाष्पद गतिविधिहरु भए,गरेको पाईए ती सूचनामा उल्लेख भएका नंम्वरमा तुरुन्त जानकारी गराउन ईञ्चार्ज खड्काले नागरिकलाई आग्रह पनि गर्नुभयो । साथै उहाँले सूचाना टाँस अभियान १ सय दिनको भएपनि १ महिना भित्र सवैले आ आफ्नो घरमा सूचना टाँसिसक्नु पर्ने वताउनुभयो । यसैवीच सूचना टास अभियान उद्घाटन कार्यक्रम कै अवसरमा नेपाल मजदुर संगठन धनकुटा १ हिलेले हिले प्रहरी चौकी भवन निर्माण सहयोगार्थ नगद ५ हजार सहयोग प्रदान गरेको छ ।

 

   सहयोग रकम संगठनका अध्यक्ष सिंह तितुङ्गले प्रहरी ईचार्ज खड्कालाई हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै पाख्रीवास नगरपालिका १० का दूर्गा खनालले ९ सय ५ रुपयाँ र धनकुटा नगरपालिका १० का रेख वहादुर भट्ट«ाईले १ हजार रुपयाँ भवन निर्माणका लागि सहयोग गर्नुभएको छ ।

   कार्यक्रममा वोल्ने सवै वक्ताहरुले प्रहरीको यो अभियानमा आफुहरुले पनि सहयोग गर्ने वताएका थिए । वडाध्यक्ष तामाङ्गको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हिले वजार व्यवस्थापन समितिका अध्यक्ष वुद्ध तितुङ्ग, धनपा १ का वडा सदस्य लालचन गोम्वा,छथर जोपार्टी गाउँपालिकाका १ नं वडाध्यक्ष लगायतकाले मन्तव्य राखेका थिए भने जिल्ला समन्वय समितिका सदस्य ओङ्गदा थिङ्ग, १ नं वडा सदस्य फूलमाया विश्कर्मा सहित विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनीधि,संघ संस्थाका पदाधिकारी लगायतको उपस्थिती थियो ।

  कार्यक्रम गर्नुअघि हिले वजारमा प्रहरी र यहाँका नागरिकले र्याली पनि प्रदर्शन गरेका थिए । 
 

प्रतिकृया दिनुहोस

नागरीक सुचना र सुरक्षाका लागि घरघरमा  स्टिकर टास अभियान सूरु ।

जेष्ठ ३० धनकुटा । अदुवाको मूल्यमा गिरावट आए पछि धनकुटाको शहिदभूमी गाउँपालिकाका किसानले उसिनेर बिक्री गर्न थालेका छन् ।    शहिदभूमी गाउँपालिकाको

नागरीक सुचना र सुरक्षाका लागि घरघरमा  स्टिकर टास अभियान सूरु ।

जेष्ठ १४ धनकुटा ।   धनकुटाको सागुरीगढी गाउँपालिका ८ मा रहेको लक्ष्मी ढुङ्गा उचित संरक्षणको अभावमा ओझेमा परेको छ । धार्मिक तथा पर्यटकीय स्थलको

नागरीक सुचना र सुरक्षाका लागि घरघरमा  स्टिकर टास अभियान सूरु ।

जेष्ठ १४ धनकुटा ।   दुवै मृगौला फेल भएपछि दुइ महिना देखि काठमाण्डौको निदान अस्पतालमा उपचारत पाख्रिबास नगरपालिका २  सान्नेका चुडामणि पुलामिको