अदुवाको मूल्यमा गिरावट ।

जेष्ठ ३० धनकुटा ।

अदुवाको मूल्यमा गिरावट आए पछि धनकुटाको शहिदभूमी गाउँपालिकाका किसानले उसिनेर बिक्री गर्न थालेका छन् ।

   शहिदभूमी गाउँपालिकाको आँखिसल्ला,खोकु र छिन्ताङ्गका किसान तथा तरकारी उपज संकलन केन्द्रका संचालकहरुले अदुवा बिक्रिका लागि नयाँ तरिका अपनाएका हुन् । यहाँका किसानले ताजा अदुवा प्रतिकिलो ३४ देखि ४० रुपैयाँमा  बिक्रि गरीरहेका छन् ।

   धुलो मसलाका लागि प्रयोगमा हुने उसिनेको अदुवा व्यापारी मार्फत प्रतिकिलो १ सय २० रुपैया सम्ममा बिक्रि हुनेगरेको किसान बताउछन् । यद्यपी उपकरण र प्रविधी अभावमा अदुवा उसिन्न पुरानै घरेलु तरिका अपनाउन किसान बाध्यभएको शहिदभूमी गाउँपालिका सुके आहालका जमलसिंह राईले बताउनुभयो ।

   शहिदभूमी गाउँपालिकाका क्ष्ेत्रका करिब ७ सय किसान अदुवा खेतिमा आश्रृत छन् । यहाँ उत्पादित अदुवा धरान, विराटनगरका बजार साथै भारत समेत निकासी हुदै आएको छ । 
 

प्रतिकृया दिनुहोस

अदुवाको मूल्यमा गिरावट ।

जेष्ठ १४ धनकुटा ।   प्रहरीले नागरीक सुचना र सुरक्षाका लागि घरघरमा  स्टिकर टास अभियान सूरु गरेको छ ।  जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजनामा

अदुवाको मूल्यमा गिरावट ।

जेष्ठ १४ धनकुटा ।   धनकुटाको सागुरीगढी गाउँपालिका ८ मा रहेको लक्ष्मी ढुङ्गा उचित संरक्षणको अभावमा ओझेमा परेको छ । धार्मिक तथा पर्यटकीय स्थलको

अदुवाको मूल्यमा गिरावट ।

जेष्ठ १४ धनकुटा ।   दुवै मृगौला फेल भएपछि दुइ महिना देखि काठमाण्डौको निदान अस्पतालमा उपचारत पाख्रिबास नगरपालिका २  सान्नेका चुडामणि पुलामिको