प्रदेश स्तरीय प्रथम सगरमाथा कप पुरुष भलिबल प्रतियोगीताको जीत सुनसरीलाई ।

असार १२ धनकुटा ।

 

    धनकुटाको चौविसे गाउपालिकामा सञ्चालित प्रदेश स्तरीय  प्रथम सगरमाथा कप पुरुष भलिबल प्रतियोगीताको  जीत  सुनसरीले निकालेको छ ।

     

     फाईनलमा ओखलढुंगा सँग भिडेको उसले १६–२५,२०–२५,२५–२७,१९–२५ र ९–१५ अंक ल्याउदै विजय प्राप्त गरेको हो । जीत संगै सुनसरीले नगद ५० हजार सहित मेडल, प्रमाणपत्र र टफी हात पारेको छ भने दोश्रो भएको ओखलढुंगाले नगद रु ३० हजार सहितप्रमाण पत्र, मेडल र ट्रफि हात पारेको छ । त्यस्तै प्रतियोगितामा तेश्रो भएको भोपुरले नगद रु २० हजार प्रमाण पत्र, मेडल र ट्रफि हात पारेको आयोजकले जनाएको छ ।

 

     प्रतियोगिताको वेष्ट स्पाईकर सुनसरीका विवश लिम्वु,वेष्ट सटर भोजपुरका जमन उदास,वेष्ट डिफेन्ड ओखलढुंगाका दिलिप राई,वेष्ट सरद ओखलढुंगा कै सञ्जय वुढाथोकी,वेष्ट व्लकर सुनसरीका सूरज चोधरी, सर्वोत्कृष्ठ खेलाडी भोजपुरका संजिव कट्टेल घोषीत भएका छन् ।

 

      सामाजीक विकास मन्त्रालय १ नम्बर प्रदेशको आयोजना तथा चौबिसे गाँउपालिकाको सह आयोजनामा  भएको प्रतियोगिता समापन कार्यक्रममा साकाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश नं १ मा खेललाई उच्च प्राथामिक्तामा राखेर खेल पर्यटन प्रवद्र्धनमा जोड दिईने वताउनुभयो ।

     

      जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भोगेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सभाषद निरन राई, विना राई,सावित्रा जोशी,उनिता विक लगायतको उपस्थिती थियो । 
 

प्रतिकृया दिनुहोस

प्रदेश स्तरीय प्रथम सगरमाथा कप पुरुष भलिबल प्रतियोगीताको जीत सुनसरीलाई ।

मंशीर २८ धनकुटा ।   ४१ औँ धनकुटा नगर स्थापना दिवसको अवसरमा धनकुटामा आज बाट सुरु भएको बुद्धिचाल प्रतियोगितामा दोस्रो चरणका खेल सकिएका छन्

प्रदेश स्तरीय प्रथम सगरमाथा कप पुरुष भलिबल प्रतियोगीताको जीत सुनसरीलाई ।

मंशीर २८ धनकुटा । किराँत आठपरहीया समाज नेपाल धनकुटाको आयोजनामा आजवाट शहिद रिदामाहाङ् रामालिहाङ् नकाउट वडा स्तरीय फुटबल प्रतियोगीता शूरु भएको छ

प्रदेश स्तरीय प्रथम सगरमाथा कप पुरुष भलिबल प्रतियोगीताको जीत सुनसरीलाई ।

मंशीर २७ धनकुटा ।         किरात आठपरहीया समाज नेपाल धनकुटाले शहिद रिदामाहाङ्ख रामालिहाङ्ख नकाउट वडा स्तरीय फुटबल प्रतियोगीता संचालन गर्ने भएको