पर्यटन,शिक्षा,स्वास्थ्य,कृषि र साना उद्योगको रुपमा विकास गरे धनकुटाको भविष्य सुनिश्चित हुने ।

असार १६ धनकुटा । 


धनकुटालाई पर्यटन ,शिक्षा,स्वास्थ्य,कृषि र साना उद्योगको रुपमा विकास गरे धनकुटाको भविष्य सुनिश्चित भै धनकुटाको स्थायी रुपमा विकास हुने एक कार्यक्रमका सहभागीहरुले वताएका छन ।

 

        आज काठमाण्डौमा आयोजित धनकुटाको संभावना र हाम्रो  भूमिका विषयक छलफलमा पूर्वको प्रशासनिक केन्द्रको रुपमा रहेको धनकुटामा अहिले प्रशासनिक केन्द्र नहुदा चहल पहल कम हुन थालेकाले अव धनकुटालाई पर्यटन,कृषि,शिक्षा स्वास्थ्य र साना उद्योगको रुपमा विकास गरे स्थायी रुपमा भविष्य सुनिश्चित हुने छलफलमा उनीहरुले त्यस्तो वताएका हुन् ।

 

           यहाँको उचित हावापानी भौगिलिक वातावरण र प्राकृतिक सुन्दरताको कारणले पर्यटन र स्वास्थ्य, शिक्षाको ,र साना उद्योगहरुको ठूलो संभावना धारणा उनीहरुले राखेकाछन् । धनकुटाबाट काठमाण्डौ पुगी विभिन्न पेशा र व्यावसाय गरीरहेका विभिन्न महानुभाव र सरोकारवालाहरुले समेत धनकुटाका पर्यटन क्षेत्रहरुको प्रचार प्रसार गरी प्रति वर्ष हजारौ पर्यटकहरु धनकुटा भित्राउन सकिने, हावापानी राम्रो र अनुकुल भएकोले ठूला मेडिकल कजेज र शैक्षिक संस्थाहरु सरकारी तथा निजि क्षेत्रको सक्रियता तथा पहलमा समेत संचालन गर्न सकिन, धनकुटाको ओद्योगिक ग्रामको जग्गामा साना साना उद्योगहरु स्थापना गरी  धनकुटाको स्थायी रुपमा  विकास हुन सक्ने वताएको छ ।

 

         धनकुटा पर्यटन विकास समितिका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतामा सम्पन्न छलफलमा स्वागत मन्तव्य समितिका उपाध्यक्ष सर्मिला चेम्जोङ्गले राख्नुभएको थियो भने कार्यक्रमको उदेश्य माथि व्यावसायी नविन राईले प्रकाश पार्नु भएको थियो ।

 

        प्रतिनिधि मण्डलले पर्यटन मन्त्रालय,पर्यटन बोर्ड ,पर्यटन विभाग,उद्योग मन्त्रालय ,शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालय लगायत सवै सरोकारवाला निकायमा गै धनकुटामा पर्यटन,कृषि,शिक्षा,स्वास्थ्य र साना उद्योगहरुको विकासका लागी ध्यानर्कषण गराउदै छलफल गर्ने समितिले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

पर्यटन,शिक्षा,स्वास्थ्य,कृषि र साना उद्योगको रुपमा विकास गरे धनकुटाको भविष्य सुनिश्चित हुने ।

असोज ३१ धनकुटा ।   कार्तिक ५ देखी  १७ गते सम्म धनकुटा अस्पतालमा सञ्चालन हुने वृहत नि शुल्क शल्यक्रिया स्वास्थ्य शिविरका व्यवस्थापनका लागि

पर्यटन,शिक्षा,स्वास्थ्य,कृषि र साना उद्योगको रुपमा विकास गरे धनकुटाको भविष्य सुनिश्चित हुने ।

असोज ३१ धनकुटा / शर्मिला राई । धनकुटाका युवाहरुमा पछिल्लो समय व्यवसायीक कृषी पेशा प्रति आकर्षण वढेको छ । यो पेषामा आकर्षित हुने युवाहरु प्राय

पर्यटन,शिक्षा,स्वास्थ्य,कृषि र साना उद्योगको रुपमा विकास गरे धनकुटाको भविष्य सुनिश्चित हुने ।

असोज २५ धनकुटा ।    नेपाल प्रहरीले आज विशेष कार्यक्रम गरी ६३ औँ प्रहरी दिवस मनाएको छ । यसैक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाले दिवसका अवसरमा