१८ जना जेष्ठ नागरिकलाई आज सम्मान ।

असार २२ धनकुटा । 

 

धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ८ का १८ जना जेष्ठ नागरिकलाई आज सम्मान गरिएको छ ।

 

  वडाध्यक्ष विनय राईको अध्यक्षतामा सञ्चालित कार्यक्रमको वीच त्यहाँका ८० वर्ष माथिका जेष्ठ नागरिकलाई कम्मल र हर्लिक्स दिएर सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा सिङकुलाकी ९९ वर्षकी पदमश्वरी राई,ढुङ्गेका ८८ वर्षका जयरानी राई,८६ वर्षका दिलकुमारी राई,देविमाया राई,पूरासिंह राई,चित्र वहादुर राई,८४ वर्षका पदमश्वरी राई, हर्कमाया राई,८३ वर्षका नरसिंगे राई,रत्न कुमारी राई,सूर्य वहादुर राई,दलशेर राई,८२ वर्षका अस्तसिंह राई,८० वर्षका औतिमाया राई,कृष्णा कुमारी कार्की र सुगा राई रहेकाछन् ।

 

  कार्यक्रममा ३१ जना पुरुष र ३६ जना महिला सहित जम्मा ६७ जनालाई जेष्ठ नागरिक परिचय पत्र र ६० जनालाई सामाजिक सूरक्षा भत्ता वितरण गरेको हाम्रा सहकर्मी पदम राईले जानकारी दिनुभयो ।  

प्रतिकृया दिनुहोस

१८ जना जेष्ठ नागरिकलाई आज सम्मान ।

कार्तिक २५ धनकुटा । धनकुटामा दुईवटा मोटरसाईकल एकापसमा ठोक्किदा ३ जना व्यक्ति घाईते भएकाछन् ।   धनकुटा हिले सडक खण्ड अन्र्तगत निगाले राम मन्दिर

१८ जना जेष्ठ नागरिकलाई आज सम्मान ।

कार्तिक २२ धनकुटा । गएराती धनकुटा १ हिले सिंजाली टोलको एक घरमा आग्लागी भएको छ । लक्ष्मीपूजा गरेर छाडेकोे वत्तीवाट सल्केको आगोले  सिंजाली टोलका

१८ जना जेष्ठ नागरिकलाई आज सम्मान ।

कार्तिक १८ धनकुटा , २०७५ । कालिका जनजागरण एकता क्लव महालक्ष्मी नगरपालिका ९ धनकुटाको आयोजनामा भोलि खुल्ला लोक नृत्य प्रतियोगिता हुने भएको छ ।  विगत २