स्थानिय तहमा विवाद समाधान विषयक अभिमुखिकरण ।

भदौ १४ धनकुटा ।

 

धनकुटा र तेह्रथुमका स्थानिय तहका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत एवम् न्यायिक समितिका सदस्यहरुलाई स्थानिय तहमा विवाद समाधान विषयक दुई दिने अभिमुखिकरण तालिम दिईएको छ ।

 

राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा अभिमुखीकरण सञ्चालन गरिएको हो । हिजो र आज हिलेमा सञ्चालित अभिमुखीकरणमा अपेक्षा संकलन, आधारभूत नियम, मानव अधिकारको परिचय, स्थानिय तह राष्ट्रिय मानव अधिकार आयोग सँगको सम्वन्ध,स्थानिय तहवाट विवाद निरुपण गर्दा पालना गर्नुपर्ने सिद्धान्त,मानव अधिकार उल्लंघन, पीडित,साक्षी र न्यायीक समिति,स्थानिय तहमा विवाद निरुपण,मानव अधिकारमुखी विकास पद्धति र स्थानिय तहको वारे उनिहरुलाई जानकारी गराईएको छ ।

 

तालिमको सहजकिरण राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यलय विराटनगरका मानव अधिकार अधिकृत सान्तोष आचार्य, मोहनदेव जोशी, श्यामवावु काफ्ले,यज्ञ प्रसाद अधिकारी,हरिप्रसाद ज्ञवाली र गोविन्द शर्मा पौड्यालले गर्नुभएको थियो ।

 

यो तालिमले स्थानिय तहमा विवाद समाधान गर्न सघाउ पुग्ने अपेक्षा गरिएको  राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यलय विराटनगरका मानव अधिकार अधिकृत सान्तोष आचार्यले वताउनुभयो । 
 

प्रतिकृया दिनुहोस

स्थानिय तहमा विवाद समाधान विषयक अभिमुखिकरण ।

धनकुटा २ मंसिर, , नेपाल शिक्षक संघका राष्टिय अध्यक्ष राजेन्द्र राज पौडेलले शिक्षा आयोगलाई संवैधानिक बनाउनु आजको आवाश्यक्ता भएको आज धनकुटामा नेपाल

स्थानिय तहमा विवाद समाधान विषयक अभिमुखिकरण ।

भदौ २८ धनकुटा ।   धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले हिले क्याम्पसलाई शैक्षिक गुणस्तर वृद्धीका लागि १० लाख दिने घोषण गर्नुभएको छ ।

स्थानिय तहमा विवाद समाधान विषयक अभिमुखिकरण ।

भदौ १५ धनकुटा ।   धनकुटा नगरपालिका १ नं वडा वालमैत्री घोषणा र दिगोपनाका लागि सरकोरवालाहरुले प्रतिवद्धता व्यक्त गरेकाछन् ।   नगरपालिकाले आज