बाल मैत्रि नगर घोषणा गर्न सबै सरोकारवाला  लाग्नु पर्ने ।

भदौ १४ धनकुटा ।

 

धनकुटा नरगपालिकालाई बाल मैत्रि नगर घोषणा गर्न सबै सरोकारवाला  लाग्नु पर्नेमा धनकुटा नगरपालिकाका कार्यबाहक प्रमुख जंगबहादुर राईले जोड दिनुभएको छ ।

 

धनकुटा नगर बालमैत्रि घोषणमा सञ्चारकर्मीहरुको भुमीका सम्बन्धि अभिमुखीकरण कार्यक्रममा  बोल्दै उहाले नगरलाई  बालमैत्रि घोषणा गर्न सके नगरका अन्य सूचकहरु पनि पूरा हुने हुदा यस कार्यमा लाग्न सबैलाई आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ धनकुटाका सचिब विदुर खवासले नगरले सञ्चालन गर्ने यो अभियानलाई नेपाल पत्रकार महासंघ धनकुटा शाखा र धनकुटामा क्रियासिल सबै पत्रकारहरुले पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जानउनुभयो ।

 

कार्यक्रममा सहजकर्ता विष्णु प्रसाद चौबेले बालमैत्रि स्थानीय शासन बाल अधिकार ऐतिहासिक विकास क्रम सहितको अवधारणा,बालबालिकाका लागि संबैधानिक र नितिगत व्यवस्था र नरपालिकाको लगानी, वडा तथा नगर बालमैत्रि निमार्णमा सञ्चारकर्मीको भुमीका र बाल मैत्रि सूचक र नतिजामुखी प्रतिबद्धता सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले नगरलाई बालमैत्रिघोषणा गर्ने अभियानलाई पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

 

कार्यक्रममा धनकुटा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख नुसराज श्रेष्ठले बालमैत्रि घोषणा कार्यक्रमलाई सबै वडामा सत्रियताका साथ लागु गर्न नगरपालिका लागि परेको बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस

बाल मैत्रि नगर घोषणा गर्न सबै सरोकारवाला  लाग्नु पर्ने ।

भदौ २८ धनकुटा ।   धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले हिले क्याम्पसलाई शैक्षिक गुणस्तर वृद्धीका लागि १० लाख दिने घोषण गर्नुभएको छ ।

बाल मैत्रि नगर घोषणा गर्न सबै सरोकारवाला  लाग्नु पर्ने ।

भदौ १५ धनकुटा ।   धनकुटा नगरपालिका १ नं वडा वालमैत्री घोषणा र दिगोपनाका लागि सरकोरवालाहरुले प्रतिवद्धता व्यक्त गरेकाछन् ।   नगरपालिकाले आज

बाल मैत्रि नगर घोषणा गर्न सबै सरोकारवाला  लाग्नु पर्ने ।

भदौ १४ धनकुटा ।   धनकुटा र तेह्रथुमका स्थानिय तहका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत एवम् न्यायिक समितिका सदस्यहरुलाई स्थानिय तहमा विवाद समाधान