अभिनय मन नपरेको भन्दै तमन्नामाथि जुत्ता प्रहार |

मुम्बई । बलिउड नायिका तमन्ना भाटियालाई एक युवकले जुत्ता प्रहार गरेका छन् । दक्षिण भारतकी लोकप्रिय नायिका तमन्नालाई हैदरावादको हिमायतनगरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा ३१ वषिर्य करिमुल्लाह नाम गरेका युवाले जुत्ता प्रहार गरेका हुन् ।

ज्वेलरी सप उद्घाटन गर्न गएको बेला तमन्नमाथि जुत्ता प्रहार भएको थियो । जुत्ता प्रहार गर्ने करिमुल्लाहलाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो । तमन्नाले पछिल्लो समय निर्वाह गरेको भुमिकाले आफु निराश भएको भन्दै जुत्ता प्रहार गरेको बयान करिमुल्लाहले दिएका छन् ।

तमन्नाले हिन्दी, तेलगु, तमिल लगायतका फिल्ममा अभिनय गरेकी छिन् । अहिले उनी तेलुगु फिल्म ‘ना नुवे’ को सुटिङमा ब्यस्त छिन् । यही फिल्मको लागि भनेर उनले ट्याङ्गो डान्स पनि सिकेकी थिइन् ।

प्रतिकृया दिनुहोस

अभिनय मन नपरेको भन्दै तमन्नामाथि जुत्ता प्रहार |

२०७५ असोज ९ गते काठमाडौ  यस बर्षको दशैंमा हुन लागेको नेपाली चलचित्रको ठूलो भिडन्त टरेको छ । यो बर्ष चलचित्र ‘छक्का पन्जा ३ र जय भोले’को भिडन्त

अभिनय मन नपरेको भन्दै तमन्नामाथि जुत्ता प्रहार |

मुम्बई । निर्देशक सञ्जयलीला भन्सालीको विवादित फिल्म ‘पद्मावत’ले चार दिनमै १०० करोड भारु कमाई गरेको छ । करणी सेनाको विरोधका कारण यो फिल्म भारतको

अभिनय मन नपरेको भन्दै तमन्नामाथि जुत्ता प्रहार |

संभवत, नायिका बर्षा सिवाकोटीको करिअरमै पहिलो पटक हुनसक्छ कि उनको पहिरनको यति धेरै चर्चा भैरहेको छ । बिहिबार काठमाण्डौको अन्नपूर्ण होटलमा पछाडिको भाग