वालमैत्री घोषणा र दिगोपनाका लागि सरकोरवालाहरुले प्रतिवद्धता ।

भदौ १५ धनकुटा ।

 

धनकुटा नगरपालिका १ नं वडा वालमैत्री घोषणा र दिगोपनाका लागि सरकोरवालाहरुले प्रतिवद्धता व्यक्त गरेकाछन् ।

 

नगरपालिकाले आज हिलेमा आयोजना गरेको खभिमुखीकरण कार्यक्रमको वीच यस वडालाई आगामी मंशिर १५ सम्म वालमैत्री वडा घोषणा र दिगोपनाका लागि सरोकारवालाहरुले प्रतिवद्धता जनाएका हुन् । यहाँका वडा प्रतिनीधि, शैक्षिक संस्था, नागरिक समाज, महिला समूह, वालक्लव लगायतका प्रतिनीधले प्रतिवद्धता जनाएका हुन् ।

 

कार्यक्रममा सहजकर्ता विष्णु प्रसाद चौवेले बालमैत्रि स्थानीय शासन बाल अधिकार ऐतिहासिक विकास क्रम सहितको अवधारणा, बालबालिकाका लागि संबैधानिक र नितिगत व्यवस्था र नरपालिकाको लगानी, वडा तथा नगर बालमैत्रि निमार्णमा सञ्चारकर्मीको भुमीका, बाल मैत्रि सूचक र नतिजामुखी प्रतिबद्धता सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

 

उहाँले वालवालिकालाई घरवाटै जीवन उपयोगि शिक्ष दिनुपर्ने वताउदै उमेर र क्षामताको आधारमा गरिने व्यवहारलाई वालमैत्री व्यवहार भनिन्छ भन्नुभयो । कार्यक्रममा १ नं वडाध्यक्ष निरेन तामाङको अध्यक्षतामा ११ सदस्यीय वालमैत्री वडा समितिपनि गठन गरिएको छ ।

समितिको उपाध्यक्ष नगर कार्यपालिका महिला सदस्य कल्पना थापा,पदेन सदस्य वडा सचिव विश्वनाथ दाहाल रहेकाछन् । अन्य सदस्यहरु सुनिता लावती,खगेन्द्र विष्ट,विष्णु प्रसाद चौवे लगायत रहेकाछन् ।  नेपाल सरकारले स्थानीय शासन रणनीती र कार्यन्वयन कायविधि २०६८ जारि गरेपछि स्थानीय निकायहरुले यसको बारे कार्य गर्न सुरु गरेका हुन ।

 

बाल बचाउ, बाल संरक्षण, बाल विकास र बालबालिकाको अर्थपूर्ण सहभागीता लगायत बालअधिकार परिपुर्तीका सवाललाई स्थानीय निकायको निती र संरचना प्रणली तथा कार्यप्रकृया तथा व्यावहारमा सँस्थागत गर्ने शासकिय पद्धती बाल मैत्री स्थानीय शासन हो ।
 

प्रतिकृया दिनुहोस

वालमैत्री घोषणा र दिगोपनाका लागि सरकोरवालाहरुले प्रतिवद्धता ।

धनकुटा २ मंसिर, , नेपाल शिक्षक संघका राष्टिय अध्यक्ष राजेन्द्र राज पौडेलले शिक्षा आयोगलाई संवैधानिक बनाउनु आजको आवाश्यक्ता भएको आज धनकुटामा नेपाल

वालमैत्री घोषणा र दिगोपनाका लागि सरकोरवालाहरुले प्रतिवद्धता ।

भदौ २८ धनकुटा ।   धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले हिले क्याम्पसलाई शैक्षिक गुणस्तर वृद्धीका लागि १० लाख दिने घोषण गर्नुभएको छ ।

वालमैत्री घोषणा र दिगोपनाका लागि सरकोरवालाहरुले प्रतिवद्धता ।

भदौ १४ धनकुटा ।   धनकुटा नरगपालिकालाई बाल मैत्रि नगर घोषणा गर्न सबै सरोकारवाला  लाग्नु पर्नेमा धनकुटा नगरपालिकाका कार्यबाहक प्रमुख जंगबहादुर