विद्यालयको कार्यालय कक्षमा आगजनी ।

भदौ १६ कञ्चनपुर ।

 

कञ्चनपुरको बेदकोट नगरपलीका ४ बगुन स्थित बैजनाथ सिद्धनाथ माध्यामिक विद्यालयको कार्यालय कक्षमा आगजनी गरिएको छ।

 

अज्ञात समूहले विद्यालयको कार्य कक्षको ताला तोडेर कार्यालयमा आगजनी गरेको हो। आज विद्यालयका चौकिदारले कार्यालयको ढोकाको ताला टुटेको अवस्थमा फेला पारेपछि कार्यालय कक्षमा हेर्दा आग्जनी गरेको भेटिएको हो। आगलागीबाट कार्यालयमा रहेको स्टिल दराजभित्र राखेका कागजपत्र, फोटोकपी मेसिन, शिक्षक हाजिरी पुस्तिका, प्रयोगशालाका सामग्री जलेको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो। दराजमा राखेको एकथान ल्यापटप समेत चोरी भएको पाईएको उहाँले वताउनुभयो।  कार्यालय कक्षमा अज्ञात समूहले शुक्रबार रातिका आगो लगाएको हुन सक्ने उहाँले वताउनुभयो ।

 

विद्यालयमा लामो समयदेखि प्रधानाध्यापक र व्यवस्थापन समितिबीच विवाद रहेको बुझिएको भन्दै उहाँले त्यसै कारणले अगाजनी गरिएको हो वा अन्य कसैले आगजनी गरेको भन्नेबारे अनुसन्धान भइरहेको वताउनुभयो ।

                                                                                                                    साँभार: थाहा खवर ।

प्रतिकृया दिनुहोस

विद्यालयको कार्यालय कक्षमा आगजनी ।

  मंसिर,३  पाँचथर, फिदिमकी १०१ वर्षीया ज्येष्ठ नागरिकबाट राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ भोली सोमबारदेखि हुने भएको छ । नेपालमै पहिलो पटक

विद्यालयको कार्यालय कक्षमा आगजनी ।

कार्तिक २५ गाईघाट । उदयपुरको बेलका नगरपालिकामा वनभोज खाएर फर्कदै गरेको ट्याक्टर आज  साँझ दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते

विद्यालयको कार्यालय कक्षमा आगजनी ।

असोज,९  यातायात व्यवसायीहरुले मंगलबारबाट दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेका हुन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सोमबार बसेको