डाक्टरहरुको लाइसेन्स मेडिकल काउन्सिलमा फिर्ता गर्ने चिकित्सक संघको चेतावनी ।

 भदौ १६ काठमाण्डौ। 

 

नेपाल चिकित्सक संघले भोलि देखि डाक्टरहरुको लाइसेन्स मेडिकल काउन्सिलमा फिर्ता गर्ने चेतावनी दिएको छ । भदौ १ गतेदेखि कार्यान्वयमा आएको मुलुकी फौजदारी संहिता संशोधनको माग गर्दै संघले भोलि  देशभर आकस्मिक बाहेकका सेवा बन्द गर्न आहृवान समेत गरेको छ ।

 

भोलि १० बजे माइतीघर मण्डलामा भेला भई मेडिकल काउन्सिल गएर प्रमाणपत्र बुझाइने संघले जानकारी दिएको छ । संघले देशभरका चिकित्सकहरुलाई भदौ १५ सम्म आफ्नो प्रमाणपत्र बुझाउन आह्वान गरेको थियो । सरकारले मुलुकी ऐन संशोधनको आश्वासन दिएपछि भदौ एक देखि गर्ने भनिएको आन्दोलन रोकिएको थियो ।

अहिलेसम्म ३ हजार बढी चिकित्सकले आफ्नो प्रमाणपत्र संघको कार्यालयमा जम्मा गरिसकेका छन । प्रमाणपत्र बुझाएपछि मेडिकल काउन्सिलले लिस्टबाट नाम नहटाएसम्म डाक्टरहरुले उपचार गर्न सक्छन् ।

 

तर, बिहीबारदेखि भने देशभर आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने घोषणा चिकित्सक संघले गरेको छ । मुलुकी फौजदारी सहितामा उपचारका क्रममा लार्पवाहीले विरामीको मृत्यु भएमा ज्यान मुद्दा चलाउने प्रावधान छ । चिकित्सक संघले भने त्यसलाई संशोधन गरेर लार्पवाही भए नभएको विज्ञ समूहले अध्ययन गर्ने थप गर्न माग गरेको छ ।

                                                                                                           साँभार: News 24 pvt. 

प्रतिकृया दिनुहोस

डाक्टरहरुको लाइसेन्स मेडिकल काउन्सिलमा फिर्ता गर्ने चिकित्सक संघको चेतावनी ।

असोज ३१ धनकुटा ।   कार्तिक ५ देखी  १७ गते सम्म धनकुटा अस्पतालमा सञ्चालन हुने वृहत नि शुल्क शल्यक्रिया स्वास्थ्य शिविरका व्यवस्थापनका लागि

डाक्टरहरुको लाइसेन्स मेडिकल काउन्सिलमा फिर्ता गर्ने चिकित्सक संघको चेतावनी ।

असोज १४ धनकुटा ।    ट्राफिक कार्यालय धनकुटाले कोशी राजमार्गमा गुड्ने सवारी साधनका चालकहरुको निःशुल्क आँखा परिक्षण गरेको छ ।   धनकुटा

डाक्टरहरुको लाइसेन्स मेडिकल काउन्सिलमा फिर्ता गर्ने चिकित्सक संघको चेतावनी ।

  आश्विन, ९ , शरीरलाई स्वस्थ राख्न हामी विभिन्न प्रकारको औषधीको सेवन गछौ । त्यस्ता औषधी कहिले चिकित्सकको सल्लाहमा सेवन गर्छौ, कहिले चाहि हामी आफ्नै