खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि धरान २० स्वाँरालाई ।

भदौ ३० धनकुटा ।


धनकुटाको सागुरीगढी गाउँपालिका ९ मा सञ्चालित खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि धरान उपमहानगरपालिका २० स्वाँराले जितेको छ ।

 

वराहक्षेत्र नगरपालिका १ चियावारी सँग फाईनलमा भीडेको उसले ० को विरुद्ध १ गोल लाउदै उपाधि जितेको हो । जीत सँगै उस्ले नगद रु १ लाख सहित कप,मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । दोश्रो स्थानमा चित्त वुझाएको  वराहक्षेत्र नगरपालिका १ चियावारीले   नगद रु २५ हजार सहित कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।  

 

लक्ष्मी देउराली फुटवल क्वलको आयोजना भएको सो प्रतियोगितामा वराहक्षेत्र नगरपालिका १ चियावारीका मनोज राई उत्कृट खेलाडी,धरान स्वाँराका प्रवेश राई उत्कृष्ट गोल कर्ता र धरानकै दिवस राई उत्कृष्ट गोल किपर घोषित भएकाछन् । उनीहरुलाई ट्रफी पुरस्कार प्रदान गरिएको हाम्रा सहकर्मी नगेन्द्र राईले जानकारी दिनुभयो ।

 

सागुरीगढी गाउँपालिकाको २ लाख आर्थिक सहयोगमा गत २२ गतेदेखी प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगिता समापन कार्यक्रम क्लवका अध्यक्ष युवराज राईको अध्यक्षता तथा जिल्ला समन्वय समितिका सदस्य हरि कुमार राईको प्रमुख आत्थियमा सञ्चालन भएको थियो ।

 

कार्यक्रममा वडा नं ८ का अध्यक्ष विनय राई,९ का अध्यक्ष जीत वहादुर राई,१० नं वडाध्यक्ष एक वहादुर राई,आहाले स्वास्थ्यचौकीका ईञ्चार्ज रुपेश पण्डीत,आहाले ९ का सचिव दूर्गा लिम्वु, नेपाली कंग्रेस वडा नं ९ र १० का सभापति भूपाल राई, किराँत राई यायोख्खाका अध्यक्ष नगेन्द्र राई लगायतको उपस्थिती थियो । कार्यक्रमको सञ्चालन क्लवका सदस्य सूरेश राईले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि धरान २० स्वाँरालाई ।

असोज ,९ काठमाडौ  युवा स्पिनर सन्दीप लामिछानेले टी टेन लिग खेल्ने भएका छन् । गत वर्षबाट शुरु भएको टी टेन लिगको दोस्रो संकरणमा सन्दीपले साविक विजेता

खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि धरान २० स्वाँरालाई ।

भाद्र  २४  धनकुटा ।   धनकुटाको सागुरीगढी गाउँपालिका ९ मा जारी खुल्ला नकआउट फुटवल प्रतियोगिता मा आज विभिन्न ४ वटा खेलहरु भएकाछन् ।

खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि धरान २० स्वाँरालाई ।

भाद्र २४  धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिका ९ मा जारी खुल्ला नकआउट फुटवल प्रतियोगितामा आज विभिन्न ४ वटा खेलहरु भएकाछन् । लक्ष्मी देउराली