बलात्कारी र हत्यारालाई कारवाही नगरेसम्म  सशक्त सडक आन्दोलन जारी राख्ने उद्घोष ।

भाद्र ३१ धनकुटा ।

 

बलात्कारी र हत्यारालाई कारवाही नगरेसम्म धनकुटामा  सशक्त सडक आन्दोलन जारी राख्ने महिला अधिकारकमीहरुले उद्घोष गरेका छन । आज धनकुटामा विरोध  ¥याली पछी आयोजित  सभामा वोल्दै  उनीहरुले आन्दोलन जारी राख्ने उद्घोष गरेका हुन् ।

 

धनकुटामा क्रियाशिल विभिन्न महिला संघ संस्थाहरुको समन्वय तथा डल्बु डल्बु जे धनकुटा सम्र्पक व्यक्तिको  संयोजनमा   निर्मला पन्तको वालत्कारी तथा हत्यारारलाई कारवाहीको माग गर्दै मदन चौकबाट निकालिएको विरोध ¥यालीले धनकुटा बजारको विभिन्न भागहरुको परिक्रममा गरी पुन मदन चौकमा  पुगेर विरोध सभामा परिणत भएको थियो ।

 

सभामा वोल्दै पूर्व सांसद अञ्जना ताम्लीले सरकार बलात्कारी र हत्यारालाई  संरक्षण गर्न लागिरहेको आरोप लगाउनु भयो । त्यस्तै नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले मुलुकमा अहिले दण्डहिनता,  हत्या हिंसा र बलात्कारको घट्ना दिन प्रतिदिन बढेकोले सरकार असफल हुदै गएको वताउनु भयो ।

 

सकल्प धनकुटाका अध्यक्ष मिना राईको अध्यक्षतामा सम्पन्न विरोध ¥याली तथा  सभामा राष्ट्रिय जनमोर्चा धनकुटाका अध्यक्ष तुलमान राई,धनकुटा नगरपालिका वडा नं ५ का निर्वाचित वडा सदस्य तथा महिला संघकी केन्द्रिय प्रतिनिधि अम्विका परियार लगायत महिला अधिकारकर्मीहरुले निर्मला पन्तको बलात्कारी र हत्यारालाई कारवाही नभए सम्म र महिला हिंसा नरोकिएसम्म  धनकुटामा सडक आन्दोलन जारी राख्ने उद्घोष गर्नु भयो ।  

 

कार्यक्रमको संचालन प्यारालिगल धनकुटाका अध्यक्ष कोपिला शंकरले गर्नु भएको थियो भने कार्यक्रमको उदेश्यमाथि डल्बु डल्बु जे धनकुटाका स्रोत व्यक्ति जयन्ती राईले प्रकाश पार्न भएको थियो । मानवअधिकारकर्मी गिता अधिकारी,हिमा चेम्जोङ्ग,रेजिनामा हिङमाङ्ग,निरुपा राई,तारा वस्नेत तिवारी,ताराकला राई,पशुपती राई,सत्यकला राई जानुका सुन्दास,वडा नं। ५ का निर्वाचित वडा सदस्य सिता श्रेष्ठ लगायत महिला अधिकारकर्मी तथा महिला दिदिवहिनीहरुले समेत बलात्कारी तथा हत्यारालाई कडा कारवाहीको माग गरेका थिए ।
 

प्रतिकृया दिनुहोस

बलात्कारी र हत्यारालाई कारवाही नगरेसम्म  सशक्त सडक आन्दोलन जारी राख्ने उद्घोष ।

असोज,९  यातायात व्यवसायीहरुले मंगलबारबाट दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेका हुन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सोमबार बसेको

बलात्कारी र हत्यारालाई कारवाही नगरेसम्म  सशक्त सडक आन्दोलन जारी राख्ने उद्घोष ।

भदौ १६ कञ्चनपुर ।   कञ्चनपुरको बेदकोट नगरपलीका ४ बगुन स्थित बैजनाथ सिद्धनाथ माध्यामिक विद्यालयको कार्यालय कक्षमा आगजनी गरिएको छ।   अज्ञात

बलात्कारी र हत्यारालाई कारवाही नगरेसम्म  सशक्त सडक आन्दोलन जारी राख्ने उद्घोष ।

भदौ १६ काठमाडौँ ।    मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके दावा लामा उर्फ (जितेन्द्र मान तामाङ ) लाई प्रहरीले पक्राउ गरेको छ ।   भारतीय