मुस्लिम बस्तीमा फैलिएको पखाला अझै नियन्त्रणमा आउन सकेन ।


धनकुटा ८ असोज, 
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ को नैन्हीस्थित मुस्लिम बस्तीमा फैलिएको पखाला अझै नियन्त्रणमा आउन सकेको छैन। असोज महिनाको शुरु देखि नै सो बस्तीमा फैलिएको पखाला एक साता भइसक्दासम्म अझै नियन्त्रण हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ।


पखाला शुरु भएसँगै पहिलो दिन नै चार वर्षीया बालिका खुश्बु खातुनको मृत्यु भएको थियो। लगत्तै बस्तीमै दक्ष चिकित्सक सहितको स्वास्थ्य टोलीले सघन उपचार थाले पनि अझै नियन्त्रण हुन नसकेको जलेश्वर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा राजीव झाले जानकारी दिएनुभयो।नैन्हीको स्वास्थ्य चौकी र त्यहीँकै मदर्सासहित दुई ठाउँमा शिविर नै राखेर सघन उपचार शुरु गरिएको कार्यालयले जनाएको छ। दुवै ठाउँ गरी २१० जना पखलाबाट प्रभावित भएका स्वास्थ्य टोलीमा खटिएका जिल्ला स्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले बतानुभयो  । बस्तीमा घर वरपरको सरसफाइ र खानपानमा सचेतता नअपनाइँदा समस्या नियन्त्रणमा आउन ढिलाइ भएको चिकित्सक र स्वास्थ्यकर्मीको भनाइ छ।


धानखेतबाट मारेर ल्याइएको ससाना भूरा माछा खाँदा पखाला शुरु भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ। पखाला महामारी फैलिएपछि जलेश्वर नगरपालिकाको नैन्ही बस्तीमा त्रास छाएको छ।
साभार ः नेपालवानिवेटवर्क
 

प्रतिकृया दिनुहोस

मुस्लिम बस्तीमा फैलिएको पखाला अझै नियन्त्रणमा आउन सकेन ।

असोज ३१ धनकुटा ।   कार्तिक ५ देखी  १७ गते सम्म धनकुटा अस्पतालमा सञ्चालन हुने वृहत नि शुल्क शल्यक्रिया स्वास्थ्य शिविरका व्यवस्थापनका लागि

मुस्लिम बस्तीमा फैलिएको पखाला अझै नियन्त्रणमा आउन सकेन ।

असोज १४ धनकुटा ।    ट्राफिक कार्यालय धनकुटाले कोशी राजमार्गमा गुड्ने सवारी साधनका चालकहरुको निःशुल्क आँखा परिक्षण गरेको छ ।   धनकुटा

मुस्लिम बस्तीमा फैलिएको पखाला अझै नियन्त्रणमा आउन सकेन ।

  आश्विन, ९ , शरीरलाई स्वस्थ राख्न हामी विभिन्न प्रकारको औषधीको सेवन गछौ । त्यस्ता औषधी कहिले चिकित्सकको सल्लाहमा सेवन गर्छौ, कहिले चाहि हामी आफ्नै