यातायात व्यवसायीहरुले आजबाट दसैंका लागि अग्रिम टिकट बुकिङ खुला ।।


असोज,९ 

यातायात व्यवसायीहरुले मंगलबारबाट दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेका हुन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सोमबार बसेको बैठकको निर्णय अनुसार देशभर दसैंको अग्रिम टिकट बुकिङ खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनु भयो ।

उहाँले दसैंमा घर जाने यात्रुहरुलाई सहज ढंगले सवारी साधन उपलब्ध गराउन महासंघले अनुगमनको काम पनि एकसाथ अघि बढाएको पनि स्पष्ट पार्नु भयो ।महासचिव सिटौलाले सरकारसँग गरिएको सहमति अनुसार भाडादर १० प्रतिशत वृद्धि गरिएको पनि स्मरण गराउनु भयो ।

यस वर्ष करिव २० लाख मानिसहरु दसैंका लागि घर जाने अनुमानसहित महासंघले गाडीको उचित व्यवस्था गर्ने कामलाई पनि अघि बढाएको छ ।गाडीको सहज व्यवस्थापनका लागि वरिष्ठ उपाध्यक्ष हरिशरण केसी संयोजक र महासचिव सिटौला सदस्य सचिव रहेको अनुगमन समितिनै बनाइएको छ । त्यसैगरी टिकट काउन्टर व्यवस्थापनका लागि पनि छुट्टै समिति बनाइएको महासचिव सिटौंलाले जानकारी दिनु भयो ।
स्रोत ः नेपालवाणि नेटवर्क
 

प्रतिकृया दिनुहोस

यातायात व्यवसायीहरुले आजबाट दसैंका लागि अग्रिम टिकट बुकिङ खुला ।।

  मंसिर,३  पाँचथर, फिदिमकी १०१ वर्षीया ज्येष्ठ नागरिकबाट राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ भोली सोमबारदेखि हुने भएको छ । नेपालमै पहिलो पटक

यातायात व्यवसायीहरुले आजबाट दसैंका लागि अग्रिम टिकट बुकिङ खुला ।।

कार्तिक २५ गाईघाट । उदयपुरको बेलका नगरपालिकामा वनभोज खाएर फर्कदै गरेको ट्याक्टर आज  साँझ दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते

यातायात व्यवसायीहरुले आजबाट दसैंका लागि अग्रिम टिकट बुकिङ खुला ।।

भाद्र ३१ धनकुटा ।   बलात्कारी र हत्यारालाई कारवाही नगरेसम्म धनकुटामा  सशक्त सडक आन्दोलन जारी राख्ने महिला अधिकारकमीहरुले उद्घोष गरेका छन । आज