युवा स्पिनर सन्दीप लामिछानेले टी टेन लिग खेल्ने ।।


असोज ,९ काठमाडौ 
युवा स्पिनर सन्दीप लामिछानेले टी टेन लिग खेल्ने भएका छन् । गत वर्षबाट शुरु भएको टी टेन लिगको दोस्रो संकरणमा सन्दीपले साविक विजेता केरला किंग्स्बाट खेल्न लागेका हुन् ।सन्दीपको टालीको इयान मोर्गान ९कप्तान०, सोहिल तानबीर, किरण पोलार्ड, क्रिस गेल, पाउल स्टर्लिङजस्ता खेलाडी छन् ।सन्दीपले यसअघि आईपीएलमा दिल्ली डियर डेभिल्स, क्यारेवियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस प्यट्रियट्सबाट खेलिसकेका छन् । क्यानडामा मोन्टरियल टाइगर्सबाट ग्लोबल टी ट्वान्टी प्रतियोगिता खेलिसकेका सन्दीपले अफगानिस्तान प्रिमियर लिग पनि खेल्दैछन् ।आठ टोली सम्मिलित प्रतियोगिता नकआउटका आधरमा हुनेछ । सन्दीपको टोली केरलाले समूह ‘ए’ मा कराचियन, पाखतुनस् र राजपुतसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ पंजाब लिजेन्ड्स, बेङ्गाल टाइगर्स, मराठा अरवियन र नर्दन वारियर्स रहेका छन् । युनाइटेड अरब इमिरेट्समा हुने प्रतियोगितालाई आइसिसीले गत अगष्टमा औपचारिक मान्यता दिएको थियो ।

स्रोत ः नेपालवाणि नेटवर्क
                                        

प्रतिकृया दिनुहोस

युवा स्पिनर सन्दीप लामिछानेले टी टेन लिग खेल्ने ।।

मंशीर २८ धनकुटा ।   ४१ औँ धनकुटा नगर स्थापना दिवसको अवसरमा धनकुटामा आज बाट सुरु भएको बुद्धिचाल प्रतियोगितामा दोस्रो चरणका खेल सकिएका छन्

युवा स्पिनर सन्दीप लामिछानेले टी टेन लिग खेल्ने ।।

मंशीर २८ धनकुटा । किराँत आठपरहीया समाज नेपाल धनकुटाको आयोजनामा आजवाट शहिद रिदामाहाङ् रामालिहाङ् नकाउट वडा स्तरीय फुटबल प्रतियोगीता शूरु भएको छ

युवा स्पिनर सन्दीप लामिछानेले टी टेन लिग खेल्ने ।।

मंशीर २७ धनकुटा ।         किरात आठपरहीया समाज नेपाल धनकुटाले शहिद रिदामाहाङ्ख रामालिहाङ्ख नकाउट वडा स्तरीय फुटबल प्रतियोगीता संचालन गर्ने भएको