ट्राफिक प्रहरीद्धारा सवारी साधनका चालकहरुको आँखा परिक्षण ।

असोज १४ धनकुटा । 

 


ट्राफिक कार्यालय धनकुटाले कोशी राजमार्गमा गुड्ने सवारी साधनका चालकहरुको निःशुल्क आँखा परिक्षण गरेको छ ।

 

धनकुटा नगरपालिका वडा नं।–६ को समन्वय र नेत्रज्योती संघ धनकुटाको प्राबिधिक सहयोगमा चालकहरुको आँखा परिक्षण गरेको हो । एक दिने शिविरमा १ सय १२ जना सवारी चालकको आँखा परिक्षण गरिएको ट्राफिक कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिनुभयो ।

 

परिक्षणको क्रममा अधिकांश सवारी चालकमा एलर्जीको लक्षण देखिएको र ४५ जना विरामीलाई निःशुल्क औषधि वितरण गरिएको वडाका कार्यवाहक अध्यक्ष मिलन खड्कीले बताउनुभयो । आँखाको कारण पनि सवारी दुर्घटना हुने भएकाले गर्दा जोखिम न्यूनिकरण गर्ने उदेश्यले शिविर संचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

 

‘दृष्टि सबैको अधिकार’ भन्ने नाराका साथ सम्पन्न सिविरको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरिक्षक सुरेन्द्र बहादुर गुरुङले आँखा जाँच गरेर उत्घाटन गर्नुभएको थियो । 
 

प्रतिकृया दिनुहोस

ट्राफिक प्रहरीद्धारा सवारी साधनका चालकहरुको आँखा परिक्षण ।

मंशीर २३ , २०७५ ,धनकुटा । धनकुटाको मुढेवास स्वास्थ्य चौकीमा आजवाट ल्यावसेवा सञ्चालनमा ल्याईएको छ । चौविसे गाउँपालिकाको सहयोगमा सञ्चालन शूरु गरिएको

ट्राफिक प्रहरीद्धारा सवारी साधनका चालकहरुको आँखा परिक्षण ।

कार्तिक  ८  धनकुटा ।    धनकुटामा सञ्चालित वृहत नि शुल्क स्वास्थ्य शिविरमा  आज १ सय ७१ जनाले प्रत्यक्ष स्वास्थ्य सेवा लिएकाछन् । शल्यक्रिया

ट्राफिक प्रहरीद्धारा सवारी साधनका चालकहरुको आँखा परिक्षण ।

कार्तिक ७ धनकुटा । गरिव, असहाय तथा पहुच वीहिनहरुका लागि धनकुटा अस्पतालमा सञ्चालित वृहत नि शूल्क शल्यक्रिया स्वास्थ्य शिविरको आज उद्घाटन गरिएको छ