पद्मावत चार दिनमै सय करोड क्लवमा

मुम्बई । निर्देशक सञ्जयलीला भन्सालीको विवादित फिल्म ‘पद्मावत’ले चार दिनमै १०० करोड भारु कमाई गरेको छ । करणी सेनाको विरोधका कारण यो फिल्म भारतको चार राज्यमा अझै प्रदर्शन भएको छैन ।

बुधवार सिमित ठाउँमा प्रदर्शन हुँदा पाँच करोड कमाई गरेको उक्त फिल्मले बिहीवार १९ करोड, शुक्रवार ३२ करोड, शनिवार २७ करोड र आईतवार ३१ करोड कमाइ गरेको थियो ।

ट्रेड एनालिष्ट तरण आदर्शका अनुसार आईतवारसम्म पद्यावतले भारतवाट ११४ करोड कमाई गरेको छ । फिल्मको ब्यापार अन्तर्राष्ट्रिय बजारमा पनि उत्तिकै राम्रो छ । अष्टे्रलिया र बेलायतमा फिल्मले निकै राम्रो ब्यापार गरेको उनले बताएका छन् ।

फिल्मको विवाद सुटिङ सुरु भएदेखि नै सुरु भएको थियो । करणी सेना र राजपुत सेनाले रानी पद्यावतलाई गलत तरिकाले पेश गरेको आरोप लगाएको छ । विरोधकै कारण हरियाणा, राजस्थान, गुजरात र मध्ये प्रदेशमा फिल्म प्रदर्शन हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस

पद्मावत चार दिनमै सय करोड क्लवमा

२०७५ असोज ९ गते काठमाडौ  यस बर्षको दशैंमा हुन लागेको नेपाली चलचित्रको ठूलो भिडन्त टरेको छ । यो बर्ष चलचित्र ‘छक्का पन्जा ३ र जय भोले’को भिडन्त

पद्मावत चार दिनमै सय करोड क्लवमा

संभवत, नायिका बर्षा सिवाकोटीको करिअरमै पहिलो पटक हुनसक्छ कि उनको पहिरनको यति धेरै चर्चा भैरहेको छ । बिहिबार काठमाण्डौको अन्नपूर्ण होटलमा पछाडिको भाग

पद्मावत चार दिनमै सय करोड क्लवमा

फिल्म ‘पद्यावत’का कारण यतिबेला दीपिका पादुकोण चर्चामा छिन् । तर, त्यो चर्चालाई ओझेल पार्ने अर्को प्रसंग जोडिएको छ । त्यो हो, कट्रिनासँगको उनको