धनकुटा र मुढेवासका ७ जना जेष्ठ नागरिकलाई सम्मान ।

असोज १५ धनकुटा ।

 

आज अन्तर्रा्ष्ट्रिय जेष्ठ नागरिक दिवस धनकुटामा पनि विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाईएको छ । यो दिवसको अवसरमा   धनकुटामा आयोजित कार्यक्रममा ९० वर्ष माथिका ५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ ।

 

जेष्ठ नागरिक  जिल्ला संघ  धनकुटाको आयोजनामा भएको कार्यक्रममा धनकुटा नगरपालिका वडा नं ६ का ९३ वर्षकी  वर्ष कुमारी श्रेष्ठ,९० वर्षका राम वहादुर श्रेष्ठ,धनकुटा नगरपालिका ३ का ९० वर्षका नन्दलाल श्रेष्ठ,धनकुटा नगरपालिका ७ का ९१ वर्षका नर वहादुर डंगोल र धनकुटा ५ का ९१ वर्ष कै मनमाया श्रेष्ठ लाई प्रति व्यक्ति नगद १ हजार ५ रुपया प्रदान गर्दै सम्मान गरिएको संघले जनाएको छ । जेष्ठ नागरिक जिल्ला संघ धनकुटाका अध्यक्ष राम वहादुर श्रेष्ठको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जेष्ठ नागरिकहरुलाई म्यूजिकल्चियर खेल पनि खेलाईएको थियो । सो खेलमा हिरामाया नेवा खड्गी प्रथम,समुन्द्र श्रेष्ठ दोश्रो र सिता कार्की तेश्रो भएकाछन् । उनीहरुलाई क्रमश नगद रु ४ सय ३ सय र २ सय रुपयाँ पुरस्कार वितरण गरिएको छ ।

 

कार्यक्रममा हिरामाया नेवा खड्गी,ईन्द्र वहादुर ढुंगेल,गोमा परियार र अप्सरा दाहालले जेष्ठ नागरिक सँग सम्वन्धित गीत गाएर मनोरञ्जन दिएका थिए । कार्यक्रममा स्वागत मन्तव्य संघका वरिष्ठ उपाध्यक्ष ईन्द्र वहादुर श्रेष्ठले राख्नुभएको थियो भने  सञ्चालन सचिव कृष्ण भागवत श्रेष्ठले गर्नुभएको थियो । धनकुटा जिल्लामा झण्डै १५ हजार जेष्ठ नागरिक रहेकाछन् । जस मध्ये ७ सय २२ जना जेष्ठ नागरिक जिल्ला संघको आजीवन सदस्य रहेको अध्यक्ष श्रेष्ठले वताउनुभयो । कार्यक्रम गर्नुअघि जेष्ठ नागरिकहरुले धनकुटानगरमा र्याली समेत प्रर्दशन गरेका थिए । त्यस्तै धनकुटाको चौविसे गाउँपालिका वडा नं २ मुढेवासमा २ जना जेष्ठ नागरिक लाई सम्मान गरिएको छ ।

 

९१ वर्षका भर्त वहादुर मगर र ८० वर्ष की काली माया लिम्वुलाई सम्मान पत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरिएको हो । जेष्ठ नागरिक हेमकर्ण लिम्वुको अध्यक्ष्ता तथा २ नं वडाध्यक्ष ममिन्द्र कुमार लिम्वुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यलयका प्रधानाध्यापक,पार्टी प्रतिनीधि,कार्यलय प्रमुख लगायतकोे  उपस्थिती थियो । कार्यक्रममा वडाध्यक्ष लिम्वु,सञ्च वहादुर मादी,सुनिल थापा मगर,गजेन्द्र घिमिरे।योगराज लिम्वु,शालिग्राम पौडेल लगायतकाले मन्तव्य राखेका थिए । वक्ताहरु जेष्ठ नागरिहरु जिउदा देवता समान हुन,त्यसैले सवैले घरपरिवार वाटै आदर सम्मान गरौ  भन्दै जेष्ठ नागरिकलाई मुखले ठिक्क र व्यवहारले दिक्क पार्ने काम कसैले नगरौ भन्ने भनाई राखेका थिए ।

 

सोही कार्यक्रममा २५ औ स्मरण शक्ती ह्रास हुने दिवसको अवसरमा मुढेवास स्वास्थ्य चौकी प्रमुख योगराज लिम्वुले स्मरण शक्ति ह्रास हुदै जाने वारे जेष्ठ नागरिकहरुलाई सहजीकरण गर्नुभएको हाम्रा सहकर्मी शालिग्राम पौडेलले जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस

धनकुटा र मुढेवासका ७ जना जेष्ठ नागरिकलाई सम्मान ।

असोज ३१ धनकुटा ।   कार्तिक ५ देखी  १७ गते सम्म धनकुटा अस्पतालमा सञ्चालन हुने वृहत नि शुल्क शल्यक्रिया स्वास्थ्य शिविरका व्यवस्थापनका लागि

धनकुटा र मुढेवासका ७ जना जेष्ठ नागरिकलाई सम्मान ।

असोज ३१ धनकुटा / शर्मिला राई । धनकुटाका युवाहरुमा पछिल्लो समय व्यवसायीक कृषी पेशा प्रति आकर्षण वढेको छ । यो पेषामा आकर्षित हुने युवाहरु प्राय

धनकुटा र मुढेवासका ७ जना जेष्ठ नागरिकलाई सम्मान ।

असोज २५ धनकुटा ।    नेपाल प्रहरीले आज विशेष कार्यक्रम गरी ६३ औँ प्रहरी दिवस मनाएको छ । यसैक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाले दिवसका अवसरमा