आर्थिक अभावले उपचारमा समस्यामा परेका बालक तामाङ्गको उपचारको लागि आर्थिक सहयोग ।

असोज १८,धनकुटा । 

 

आर्थिक अभावले उपचारमा समस्यामा परेका धनकुटा चौबिसे बालक सन्देश तामाङ्गको उपचारको लागि हङ्गकङ्ग निवासी नेपालीहरुले २ लाख ,१३ हजार ,२ सय २० रुपैयाँ  आर्थिक सहयोग गरेका छन् ।

 

२०७३ सालमा करेन्ट लागेर एक हात गुमाएर देब्रपाटो आधा शरिर अपाँगता भएका चौबिसे गाउँपालिका वडा नं. २ बन्दुके डाँडा निवासी  ७ बर्षिया तामाङ्गका बारेमा पहिलोपटक यस अनलाईनले समाचार प्रकाशन गरेको थियो । आर्थिक अभावमा लडेर टाउकोमा लागेको चोटको उपचार गर्न नसकेको यस धनकुटा खरबरले भदौ २६ गते समचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन पछि अनलाईनले अभियान शुरु गरेपछि आर्थिक संकलन गर्नेक्रममा हङ्गकङ्ग निवासी ४ जना नेपाली महिलाहरुको पहलमा उक्त सहयोग जुटेको हो ।

 

हङ्गकङ्ग बसोबास गर्दै आउनुभएका शर्मिला गुरुङ(लमजुङ) ,टिकामाया गुरुङ(शिक्लेसं),समु राई  र सारदा राई (खोटाङ्ग)को पहलमा उक्त सहयोग जुटेको नेपाली प्रतिनिधि गायक तथा ईभेन्ट म्यानेजर धरानकी मिना सिङ्गकले जानकारी दिनुभयो । सो रकम धनकुटाका राजारानी रिसोर्टमा सन्देशका बाजे जितबहादुर तामाङ्गलाई सिंङ्गक सहित समाजसेवी तथा सौन्दर्यकर्मी कमला सुब्बा,गायिकका तथा मोडल रेखा फागोले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।

 

नुवाकोट २ लिखु गाउँपालिका स्थाई घर भई नेपाल ईलेक्ट्रिसिटी अथोरेटीमा कार्यरत टिकादत्त ढकालले रु ५ हजार सहयोग गर्नुभएको थियो । करेन्ट लागेको समयमा उनको उपचारका लागि ऋण काढेको १० लाख ५० हजार र निजी ५ लाख गरी १५ लाख ५० हजार रुपैंया उनका परिवारले खर्च गरेका थिए । तर पछिल्लो ४ महिना पछि भने उनी फेरी बिरामी हुंदा उनका बाउ आमा बेपत्ता भएर उनलाई समस्या भएकोे थियो ।

 

त्यसपछि धनकुटा खबर अनलाईनले आफ्नो तर्फबाट ११ हजार १ सय ११ सहयोग गर्दै सन्देश बचाउ अभियान शुरु गरेको थियो । यो अभियानमा हङ्गकङ्ग निवासी महिलाहरुको सहयोग बाहेक थप १६ हजार १ सय ११ जम्मा भएको छ । अनलाईको खातामा संकलित उक्त रकम केहि समय पछि तामाङ्ग परिवारलाई हस्तान्तरण गरिने संस्थाका सन्चालक बिष्णु बिक्रम निरौलाले जानकारी दिनुभयो ।

 

आर्थिक सहयोग पाएपछि बालक तामाङ्गको धरान स्थित बि.पि.मेमोरियल स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका लागि लाने तयारी भई रहेको उनका बाजे जितबहादुर तामाङ्गले जानकारी दिनुभयो ।
 

प्रतिकृया दिनुहोस

आर्थिक अभावले उपचारमा समस्यामा परेका बालक तामाङ्गको उपचारको लागि आर्थिक सहयोग ।

मंशीर २८ धनकुटा । नेपाली कांग्रेसको महासमिति सदस्य बैठकलाई सार्थक  बनाउन  शूभकामना व्यक्त गर्दै आज धनकुटाको चौक चौकमा प्रचारात्मक अभियान

आर्थिक अभावले उपचारमा समस्यामा परेका बालक तामाङ्गको उपचारको लागि आर्थिक सहयोग ।

मंसिर २८ धनकुटा ।   धनकुटाका एक आमा–बुवा आमाले ब्लड क्यान्सर भएका आफ्ना छोरालाई बचाउन आर्थिक सहयोगका लागि अपिल गरेका छन् ।   गएको ३ महिना देखि

आर्थिक अभावले उपचारमा समस्यामा परेका बालक तामाङ्गको उपचारको लागि आर्थिक सहयोग ।

मंसिर २८ धनकुटा ।   नेपाल प्रेस यूनियन धनकुटाको जिल्ला अधिवेशन अगामी पौष ४ गते हुने भएको छ ।   नेपाल प्रेस यूनियन धनकुटाको आज बसेको कार्यसमिती