धनकुटा नगरपालिका वडा नं २ लाई बाल मैत्रि वडा घोषणा गर्ने अभियान अन्तरगत सञ्चालित कार्यक्रम सम्पन्न ।

असोज १८ धनकुटा 

 

धनकुटा नगरपालिका वडा नं २ लाई बाल मैत्रि वडा घोषणा गर्ने अभियान अन्तरगत सञ्चालन गरिएको बाल मैत्रि स्थानीय शासनको सूचकको अवस्था तथा आवधिक लगानी योजना निमार्ण कार्यक्रम आज सम्पन्न भएको छ । धनकुटा नगरपालिका धनकुटाले आयोजना गरेको बालमैत्रि  कार्यशालामा सहभागि सरोकारवालाहरुले बाल मैत्रि स्थानीय शााननको सूचकको अवस्था तथा आवधिक लगानी योजना निमार्ण गरेका हुन ।

 

धनकुटा नगरपालिका नगरपालिका वडा नं २ का वडाध्यक्ष चन्द्रलाल तामाङको अध्यक्षतामा भएको उक्त कार्याशालामा धनकुटा नगरपालिका सामाजिक शाखा प्रमुख नुसराज श्रेष्ठ,नेपाल पत्रकार महासंघ धनकुटाका सचिव विदुर खवास ,कान्तिपुर टेलीभिजनका  उपसम्पादक विनोद घिमिरे , राजनितिक दलका प्रतिनिधि ,वडामा क्रियाशिल संघ सस्थाका प्रमुख, शिक्षक, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष , ,बाल क्लबका प्रतिनिधि, महिला संजालका प्रतिनिधि ,महिला स्वयमसेविका लगायतको उपस्थिती रहेको थियो ।

 

वडालाई बाल मैत्रि नगर घोषणा गर्नुपर्ने ३९ सुचक मध्ये बाल मैत्रि स्थानीय शााननको सूचकको अवस्था तथा आवधिक लगानी योजना निमार्ण पनि एउटा सूचक रहेको धनकुटा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख नुसराज श्रेष्ठले जानकारी दिनुभयो  ।  २०७६ साल चैत्र भित्र बाल मैत्रि नगर घोषणा गर्ने नितिगत निर्णय गरेको नगरपालिकाले वडा नं २ लाई २०७६ जेष्ठ मसान्तसम्ममा बालमैत्रि वडा घोषणा गर्ने जनाएको छ ।

 

वडा नं १मा  लगानी योजना समेत निमार्ण गरी सकेको नगरले वडा नं २ लाई बाल मैत्रि स्थानीय शााननको सूचकको अवस्था तथा आवधिक लगानी योजना निमार्ण गरेको हो  । बालमैत्रि आचारसंहिता निमार्ण कार्यशालाको सहजीकरण वाल मैत्रि स्थानिय शासन राष्ट्यि सहजकर्ता विष्णुप्रसाद चौंबेले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस

धनकुटा नगरपालिका वडा नं २ लाई बाल मैत्रि वडा घोषणा गर्ने अभियान अन्तरगत सञ्चालित कार्यक्रम सम्पन्न ।

मंशीर २८ धनकुटा । नेपाली कांग्रेसको महासमिति सदस्य बैठकलाई सार्थक  बनाउन  शूभकामना व्यक्त गर्दै आज धनकुटाको चौक चौकमा प्रचारात्मक अभियान

धनकुटा नगरपालिका वडा नं २ लाई बाल मैत्रि वडा घोषणा गर्ने अभियान अन्तरगत सञ्चालित कार्यक्रम सम्पन्न ।

मंसिर २८ धनकुटा ।   धनकुटाका एक आमा–बुवा आमाले ब्लड क्यान्सर भएका आफ्ना छोरालाई बचाउन आर्थिक सहयोगका लागि अपिल गरेका छन् ।   गएको ३ महिना देखि

धनकुटा नगरपालिका वडा नं २ लाई बाल मैत्रि वडा घोषणा गर्ने अभियान अन्तरगत सञ्चालित कार्यक्रम सम्पन्न ।

मंसिर २८ धनकुटा ।   नेपाल प्रेस यूनियन धनकुटाको जिल्ला अधिवेशन अगामी पौष ४ गते हुने भएको छ ।   नेपाल प्रेस यूनियन धनकुटाको आज बसेको कार्यसमिती