चाड पर्वमा हुन सक्ने अवाञ्छित गतिविधिलाई ध्यानमा राख्दै सूरक्षा व्यवस्था थप मजवुत राख्ने प्रहरीको योजना । ।

असोज १८ धनकुटा ।

 

नजिकिदै गरेको चाड पर्वमा हुन सक्ने अवाञ्छित गतिविधिलाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यलय धनकुटाले जिल्लाको सूरक्षा व्यवस्थालाई थप मजवुत राख्न सूरक्षा योजना वनाएको छ ।

 

जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरिक्षक सुरेन्द्र बहादुर गुरुङले दिनुभएको जानकारी अनुसार  आर्थिक कारोवार धेरै हुने क्षेत्रहरुमा यस अघिको तुलनामा सादा पोषाकका प्रहरीहरु वढी समय खटाईने छ । अहिले पनि सादा पोषाकका प्रहरी टोलिले वजार क्षेत्रमा वाक्लो गस्ति गरिरहेको वताउदै उहाँले अन्य सम्भवित जोखिम युक्त स्थानहरुमा पनि प्रहरीले ध्यान दिने वताउनुभयो ।

 

यसैवीच केही समय अघि नेपाल प्रहरीले गरेको एक अध्ययनको क्रममा सवारी चालकहरुले चप्पल लगाएर सवारी चलाएको कारण वढी मात्रामा दूर्घटना भएको पाईएकोले यसलाई न्यूनिकरणका लागि चालकहरुलाई जुत्ता लगाएर सवारी चलाउन अनुरोध प्रहरीले गरिरहेको पनि प्रहरी कार्यलयले जनाएको छ । चप्पल लगाएर सवारी चलाउदा व्रेक नियन्त्रण गर्न समस्या भएकै कारण वढी दूर्घटना हुने गरेका पाईएपछि यातायात व्यवसायी,प्रहरी र जिल्ला प्रशासन वीच भएको छलफलको निर्णय पछि चाललहरुलाई जुत्ता लगाएर सवारी चलाउन अनुरो गर्न थालिएको प्रहरी निरिक्षक गुरुङले वताउनुभयो ।  

 

यता यात्रुहरुको सेवालाई ध्यानमा राख्दै धनकुटा वसपार्कमा यात्रु सहायता कक्ष समेत राखेको जनाईएको छ ।   
 

प्रतिकृया दिनुहोस

चाड पर्वमा हुन सक्ने अवाञ्छित गतिविधिलाई ध्यानमा राख्दै सूरक्षा व्यवस्था थप मजवुत राख्ने प्रहरीको योजना । ।

असोज ३१ धनकुटा ।   कार्तिक ५ देखी  १७ गते सम्म धनकुटा अस्पतालमा सञ्चालन हुने वृहत नि शुल्क शल्यक्रिया स्वास्थ्य शिविरका व्यवस्थापनका लागि

चाड पर्वमा हुन सक्ने अवाञ्छित गतिविधिलाई ध्यानमा राख्दै सूरक्षा व्यवस्था थप मजवुत राख्ने प्रहरीको योजना । ।

असोज ३१ धनकुटा / शर्मिला राई । धनकुटाका युवाहरुमा पछिल्लो समय व्यवसायीक कृषी पेशा प्रति आकर्षण वढेको छ । यो पेषामा आकर्षित हुने युवाहरु प्राय

चाड पर्वमा हुन सक्ने अवाञ्छित गतिविधिलाई ध्यानमा राख्दै सूरक्षा व्यवस्था थप मजवुत राख्ने प्रहरीको योजना । ।

असोज २५ धनकुटा ।    नेपाल प्रहरीले आज विशेष कार्यक्रम गरी ६३ औँ प्रहरी दिवस मनाएको छ । यसैक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाले दिवसका अवसरमा