चिया मजदुर र गुराशेँ टि स्टेटका  उद्योगी बीच आज भएको वार्ता निष्कर्ष विहीन ।।


असोज २१ धनकुटा । 
कामबाट निकालिएका चिया मजदुर र गुराशेँ टि स्टेटका  उद्योगी बीच आज भएको वार्ता निष्कर्ष विहीन भएको छ । सरकारले तोके अनुसारको पारिश्रमिक दिएर काममा पूर्न वहालीको माग गर्दै आएका मजदुर र उद्योगी वीच जिल्ला प्रशासन कार्यालय धनकुटामा छलफल भएको हो । चिया उद्योगीले निकालिएका चिया मजदुरलाई पुर्नबहाली गर्न नसक्ने जनाएपछि  वार्ता निष्कर्ष विहीन भएको हो ।

चिया मजदुरले निकालिएका चिया मजदुरलाई पुर्नबहाली, श्रम तथा सामाजिक सुरक्षा ऐन २०७४ कार्यान्वयन र राजपत्रमा प्रकाशित न्युनतम पारिश्रमिक लागुको माग गर्दै आन्दोलन गरिरहेका छन । समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीको पहलमा सहमति जुटाउन वार्ता दुवै पक्ष बीच वार्ता भएको थियो। वार्तामा सहभागी व्यवस्थापन पक्षले पुनर्बहाली गर्न नसक्ने अडान राखेपछि सहमति हुन नसकेको हो। वार्तामा ५ दिन भित्र सहमतिको प्रयास गर्ने, सहमति नभएमा पुन प्रमुख जिल्ला अधिकारीको उपस्थितीमा छलफल गर्ने सहमति भने भएको अखिल नेपाल चिया मजदुर संघ धनकुटा अध्यक्ष नारायण तामाङले जानकारी दिनुभयो । चिया मजदुरले गत भदौ २४ मा ज्यालादारी मजदुरलाई कामबाट निकालिएपछि चरणबद्ध आन्दोलन गर्दै आएका छन।

यसअघि उनीहरुले गुराशेँ टि स्टेटमा तालाबन्दि समेत गरेका थिए। तर, सो ताला मासिक तलबी मजुदुरले तोडेका थिए। आइतबार उनीहरुले जिल्ला प्रशासन कार्यालय एक घण्टा धर्ना समेत दिएका थिए । यस्तै सरकारले चिया श्रमिकको मासिक ज्याला ६ हजार ४ सय ६९ र महँगी भत्ता ४ हजार ३ सय १२ गरी १० हजार ७ सय ८१ रुपैयाँ तोकेको छ । दैनिक ज्याला ३ सय ८५ र प्रतिघण्टा ५१ रुपैयाँ तोकिएको छ। चिया कारखानामा काम गर्ने श्रमिकलाई चाहिँ न्यूनतम् ज्यालामा दैनिक थप ४२ रुपैयाँ थपिएको छ । तर, सो बमोजिम गुराशेँ टि स्टेटमा कार्यरत मजदुरले नपाएको बताएका छन ।

गत साउन १ देखि नै लागू हुनेगरी साउन ३१ को राजपत्रमा प्रकाशित यो ज्यालादर, श्रम ऐन र नियमावली अहिलेसम्म चिया उद्योगले कार्यान्वयन नगरेको अखिल नेपाल चिया मजदुर संघ धनकुटा अध्यक्ष तामाङले बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस

चिया मजदुर र गुराशेँ टि स्टेटका  उद्योगी बीच आज भएको वार्ता निष्कर्ष विहीन ।।

मंशीर २८ धनकुटा । नेपाली कांग्रेसको महासमिति सदस्य बैठकलाई सार्थक  बनाउन  शूभकामना व्यक्त गर्दै आज धनकुटाको चौक चौकमा प्रचारात्मक अभियान

चिया मजदुर र गुराशेँ टि स्टेटका  उद्योगी बीच आज भएको वार्ता निष्कर्ष विहीन ।।

मंसिर २८ धनकुटा ।   धनकुटाका एक आमा–बुवा आमाले ब्लड क्यान्सर भएका आफ्ना छोरालाई बचाउन आर्थिक सहयोगका लागि अपिल गरेका छन् ।   गएको ३ महिना देखि

चिया मजदुर र गुराशेँ टि स्टेटका  उद्योगी बीच आज भएको वार्ता निष्कर्ष विहीन ।।

मंसिर २८ धनकुटा ।   नेपाल प्रेस यूनियन धनकुटाको जिल्ला अधिवेशन अगामी पौष ४ गते हुने भएको छ ।   नेपाल प्रेस यूनियन धनकुटाको आज बसेको कार्यसमिती