धार्मिक स्थलमा युवकको काटिएको शिर भेटिएपछि मानिसहरु आतंकित

भारत । भारतको तेलंगानाको नालगोडा भन्ने स्थानमा एक युवकको नृशंस हत्या गरी टाउको धार्मिक स्थलमा राखिएपछि मानिसहरु आतंकित भएका छन् । सोमबार बिहान यस्तो घटनाबारे जानकारी पाइएको थियो । 

मारिएका युवक कनागल मण्डल बस्ने पालाकुरी रमेश रहेको भारतीय प्रहरीले जनाएको छ । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

नवभारत टाइम्सका अनुसार नालगोडाको वल टाउन प्रहरीअन्तर्गत आउने बोट्टुगुडा जाँडामा युवकको काटिएको टाउको देखेपछि स्थानीयबासी आत्तिएका थिए । मृतक २५ वर्षीय रमेश पेसाले ट्याक्टर चलाउँथे ।

प्रहरीले जानकारी दिएअनुसार रमेश आइतबार राति औषधिको लागि घरबाहिर निस्किएका थिए तर फेरि फर्केर घर आएनन् । अज्ञात समूहले उनको सोही बखत हत्या गरेको हुनसक्ने बताइएको छ । 

त्यहाँ एक सातामा भएको यो दोस्रो नृशंस हत्या हो । गत २४–२५ तारिखमा नालगोडा नगरप्रमुख बी लक्ष्मीका पति बी श्रीनिवासको पनि ढुंगाले हानेर हत्या गरिएको थियो ।

प्रहरीले त्यस हत्यामा संलग्नता रहेको आशंकामा ८ जनालाई गिरफ्तार गरेको भारतीय मिडियाले जनाएका छन् । 

प्रतिकृया दिनुहोस

धार्मिक स्थलमा युवकको काटिएको शिर भेटिएपछि मानिसहरु आतंकित

उत्तर अमेरिका । गोताखोरहरुको एउटा समूहले पूर्वी मेक्सिकोको पानीमुनि विश्वकै लामो सुरुंग पत्ता लगाएका छ । उक्त सुरुंगको लम्बाइमात्रै ३ सय ४७ किमि

धार्मिक स्थलमा युवकको काटिएको शिर भेटिएपछि मानिसहरु आतंकित

। चिकित्सा क्षेत्रमा गरिएको एक नयाँ खोजले मानिसको आयु अस्वाभाविक लम्बिनसक्ने तथ्य पत्ता लगाइएको छ । न्युजिल्याण्मा भएको एक अध्ययनअनुसार नवीनतम

धार्मिक स्थलमा युवकको काटिएको शिर भेटिएपछि मानिसहरु आतंकित

खगोल । क्यानडाका खगोलशास्त्रीहरुले पृथ्वीदेखि ९३० प्रकाश वर्ष टाढा रहेको ग्यासयुक्त एक्सोप्लानेटमा महत्वपूर्ण स्थानको खोजी गरेका छन् । यो खोजले