धनकुटाको छथरजोरपाटी गाउपालिका ३ को मौलो डाडामा निशान भगवतीको पूजा ।

कार्तिक १ धनकुटा ।

 

धनकुटाको छथरजोरपाटी गाउपालिका वडा नं ३ मा रहेको मौलो डाडामा धुमधामका साथ निशान भगवतीको पूजा गरिएको छ ।

 

वडा नं ३ कै काजिमानमा रहेका दुइवटा निशान भगवतीको मन्दिरबाट निशान निकालेर बाजागाजा सहित बजार परिक्रमा गरि मौलो डाडामा लगेर धुमधामका साथ निशान भगवतीको पूजा गरिएको हो ।  बाजा गाजा सहित निशानलाई मौलो डाडामा पु¥याएपछि रागाको बलि दिई निशानको  पूजा गरिन्छ ।

 

हर्सोउल्लासका  साथ प्रत्येक बर्ष नवमीको दिन हजारौको सख्यामा रहेका स्थानियहरुको सहभागितामा उक्त पूजा गरि पुनः निशानलाई निशान भगवती मन्दिरमा नै लगेर राखिने चलन रहेको वडाध्यक्ष ज्ञान बहादुर लिम्बुले बताउनुभयो ।  तत्कालिन सेन राजाले छथर राज्यको शासन सन्चालन गर्न पारघरी लिम्बुहरुलाई दिईएको निशान चिन्ह र दस्तावेज उक्त  निशान मन्दिरमा राखिएको छ ।

 

निशान पूजा सगै दशै मान्ने परम्परा रहि आएको  छ । निशानलाई मौलो डाडामा लानु अघि विहानै देखि निशान मन्दिरमा बोका रागा कुखुराको बलि दिई पूजा गरिन्छ ।
 

प्रतिकृया दिनुहोस

धनकुटाको छथरजोरपाटी गाउपालिका ३ को मौलो डाडामा निशान भगवतीको पूजा ।

माघ ६ धनकुटा ।   धनकुटा नगरपालिका क्षेत्रमा पछिल्लो समय व्यावसायिक रुपमा विस्तार हुदै गएको एभोकार्डको खेतिलाई आधार मानेर धनकुटा नगरलाई

धनकुटाको छथरजोरपाटी गाउपालिका ३ को मौलो डाडामा निशान भगवतीको पूजा ।

माघ ६ धनकुटा । धनकुटाको अति सुख्खा ग्रस्त क्षेत्र वडा नं ८ लाई पकेट क्षेत्र घोषणा गरी  धनकुटा नगरपालिकाले ड्रागन फलको खेती शुरु गरेको छ । आर्थिक

धनकुटाको छथरजोरपाटी गाउपालिका ३ को मौलो डाडामा निशान भगवतीको पूजा ।

माघ ५ धनकुटा ।  धनकुटाको मुलघाट स्थित तमोर नदी किनारमा कंक्रिट उद्योग सन्चालनमा आएको छ । निशान दवी कंक्रिट ईन्डष्ट्रिज प्रा।लि।को नामबाट