धनकुटा अस्पतालमा संचालन गरिने शिविरको लागी  अमेरिकाबाट आउनु हुने विशेषज्ञ डाक्टरहलाई स्वागत

,
धनकुटा ५ कार्तिक,

 पहुच विहिनहरुका लागी धनकुटा अस्पतालमा संचालन  गरिने शिविरको लागी अलोहा मेडिकल मिसन अमेरिकाबाट आउनु हुने विशेषज्ञ डाक्टरहलाई आज धनकुटमा भव्य स्वागत गरीएको छ । 
   

 कार्तिक ५ गते देखी कार्तिक १७ गते सम्म धनकुटा अस्पतालमा संचालन हुने वृहत निशुल्क शल्यक्रिया स्वास्थ्य शिविरको  लागी    आउनु भएको ६० जनाको टोलीलाई धनकुटा आउनु भएका विशेषज्ञ डाक्टरहरु सहितको स्वाथ्यकर्मीहरुको टीमलाई आज धनकुटाको भीम नारायण श्रेष्ठ चौकमा स्वागत गरी बाजा गाजा सहित बजारपरिक्रमा गरी धनकुटा अस्पतालमा ल्याई  अस्पतालमा समेत स्वागत गरिएको थियो ।
 अलोहा मेडिकल मिसन अमेरिकाका टोलीलाई  स्वागत समितिका संयोजक रेणु श्रेष्ठ,सदस्यहरु सावित्रा राई,मिलन खड्गी,निर्मला वहिन लगायत तारा तितुङ्ग,कुसुम रानालगायतका टोलीले र धनकुटावासीहरुले टिका माला खादा लगाई स्वागत गर्नु भएको थियो । यसैगरी उक्त टोलीलाई धनकुटा अस्पतालमा धनकुटा अस्पतालका प्रमुख डा। अमिताप ठाकुर लगायत अस्पतालका कर्मचारीहरुले स्वागत गर्नु भएको  शिविर संचालन तथा व्यवस्थापन समितिका सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

आठपहरिया राई ,नेवार समुदाय लगायत आदीवासी जनजातीको झाकी लगायत विभिन्न जातजातीको पहिरन लगाएर  आ आफ्नो जातीय परम्परा अनुरुप स्वास्थ्यकर्मीहरुको टोलीलाई स्वागत गरिएको थियो ।
वृहत निशुल्यक शल्यक्रिया स्वास्थ्य शिविरमा विशेषज्ञ अमेरिकन डाक्टरहरुद्धारा पितको पत्थरी,पाठेघर,हर्निया,हाईडोसिल,पायल्स,गाठागुठीको शल्यक्रिया,दातको उपचार,कृतिम हात वितरण गरिने शिविर आयोजक समितिका  संयोजक रोशेष श्रेष्ठले वताउनु भयो ।


वृहत शल्यक्रिया स्वास्थ्य शिविरको लागी धनकुटा अस्पतालमा नाम दर्ता गर्ने काम भैरहेको प्रचार प्रसार समितिका संयोजक राजेश्वर वहादुर श्रेष्ठले वताउनु भयो ।

प्रतिकृया दिनुहोस

धनकुटा अस्पतालमा संचालन गरिने शिविरको लागी  अमेरिकाबाट आउनु हुने विशेषज्ञ डाक्टरहलाई स्वागत

कार्तिक  ८  धनकुटा ।    धनकुटामा सञ्चालित वृहत नि शुल्क स्वास्थ्य शिविरमा  आज १ सय ७१ जनाले प्रत्यक्ष स्वास्थ्य सेवा लिएकाछन् । शल्यक्रिया

धनकुटा अस्पतालमा संचालन गरिने शिविरको लागी  अमेरिकाबाट आउनु हुने विशेषज्ञ डाक्टरहलाई स्वागत

कार्तिक ७ धनकुटा । गरिव, असहाय तथा पहुच वीहिनहरुका लागि धनकुटा अस्पतालमा सञ्चालित वृहत नि शूल्क शल्यक्रिया स्वास्थ्य शिविरको आज उद्घाटन गरिएको छ

धनकुटा अस्पतालमा संचालन गरिने शिविरको लागी  अमेरिकाबाट आउनु हुने विशेषज्ञ डाक्टरहलाई स्वागत

धनकुटा , कातिक ,४ २०७५,   महालक्ष्मी नगरपालिका जीतपुरबजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रको एक्स–रे मेसिन ल्याएको बर्ष दिन पुग्दासमेत सञ्चालनमा