महालक्ष्मी नगरपालिकमा दक्ष जनशक्ति र आवश्यक केमिकल अभावका कारण एक्स–रे मेसिन अलपत्र ।


धनकुटा , कातिक ,४ २०७५,
  महालक्ष्मी नगरपालिका जीतपुरबजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रको एक्स–रे मेसिन ल्याएको बर्ष दिन पुग्दासमेत सञ्चालनमा आएको छैन । एक्सरे मेसिन सञ्चालनमा नआउदा स्थानीय वासिन्दा एक्स–रे गर्नका लागि जिल्ला अस्पताल धनकुटा र धरान विराटनगर  लगायत ठाउँ जान बाध्य छन् ।

 स्वास्थ्य मन्त्रालयले एकबर्षअघि एक्स–रे मेसिन स्वास्थ्य केन्द्रलाई उपलब्ध गराए पनि आवश्यक जनशक्ती र सामाग्री नहुदा सञ्चालनमा ल्याउन नसकिएको  अहेव डण्ड पोखरेलले जानकारी दिनुभयो ।  एक्सरे मेसिन सञ्चालनमा ल्याउनका लागि स्वस्थ्य केन्द्र र नगरपालिकाले पटक पटक मन्त्रालयमा धाउदा समेत स्वास्थ्य मन्त्रालयको वेवस्थाको कारण उक्त मेसिन सञ्चालमा आउन नसकेको कार्यालयले जनाएको छ ।  मन्त्रालयले मेसिन उपलब्ध गराए पनि दक्ष जनशक्ति र आवश्यक केमिकल अभावका कारण एक्स–रे मेसिन अलपत्र परेको छ ।

स्वस्थ्य मन्त्रालयमा पटकपटक धाउदा समेत मन्त्रालयले बेवस्ता गरेको कारण  महालक्ष्मी नगरपालिका आफैले स्रोत जुटाएर भए पनि उक्त एक्सरे मेसिन सञ्चालनमा ल्याउने  तयारी गरिरहेको नगर प्रमुख प्रर्शुराम नेपालले जानकारी दिनुभयो । स्वास्थ्य केन्द्रको आम्दानी न्यून भएका कारण आफैं खर्च गरी एक्स–रे मेसिन सञ्चालन गर्ने अवस्था छैन । एक्स–रे मेसिन सञ्चालन गर्न नसक्दा यहाँका जनतालाई सेवा उपलब्ध गराउन नसकेको कार्यालयले जनाएको छ  
 

प्रतिकृया दिनुहोस

महालक्ष्मी नगरपालिकमा दक्ष जनशक्ति र आवश्यक केमिकल अभावका कारण एक्स–रे मेसिन अलपत्र ।

कार्तिक  ८  धनकुटा ।    धनकुटामा सञ्चालित वृहत नि शुल्क स्वास्थ्य शिविरमा  आज १ सय ७१ जनाले प्रत्यक्ष स्वास्थ्य सेवा लिएकाछन् । शल्यक्रिया

महालक्ष्मी नगरपालिकमा दक्ष जनशक्ति र आवश्यक केमिकल अभावका कारण एक्स–रे मेसिन अलपत्र ।

कार्तिक ७ धनकुटा । गरिव, असहाय तथा पहुच वीहिनहरुका लागि धनकुटा अस्पतालमा सञ्चालित वृहत नि शूल्क शल्यक्रिया स्वास्थ्य शिविरको आज उद्घाटन गरिएको छ

महालक्ष्मी नगरपालिकमा दक्ष जनशक्ति र आवश्यक केमिकल अभावका कारण एक्स–रे मेसिन अलपत्र ।

, धनकुटा ५ कार्तिक,  पहुच विहिनहरुका लागी धनकुटा अस्पतालमा संचालन  गरिने शिविरको लागी अलोहा मेडिकल मिसन अमेरिकाबाट आउनु हुने विशेषज्ञ डाक्टरहलाई