साईनिङ स्र्पोटिङ फुटवल क्लवको आर्थिक प्रतिवेदन  ।

कार्तिक ७ धनकुटा ।

 

धनकुटाको चौविसे गाउँपालिका कुरुले तेनुपाको साईनिङ स्र्पोटिङ फुटवल क्लवले आज आफ्नो आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ  ।

 

क्लवका अध्यक्ष कुमार मगरको अध्यक्षता तथा चौविसे गाउँपालिका ४ नं वडा सदस्य जस वहादुर मगरको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको वीच क्लवले आफ्नो आर्थिक प्रतिवेदन सार्वजनिक गरेको हो । सार्वजनिक प्रतिवेदन अनुसार क्लवले ४ वर्षको अवधिमा २ लाख १८ हजार ८ सय ७ पैसपायँ जम्म आम्दानी, १ लाख ४० हजार ६ सय २५ रुपयाँ खर्च र हाल १ लाख १८ हजार १ सय ८२ रुपयाँ क्लवको कोषमा जम्मा रहेको छ । यो प्रतिवेदन क्लवका संयोजक पदम आलेले प्रस्तुत गर्नुभएको थियो ।

 

कार्यक्रममा सहभागीहरुलाई समाज कल्याण युवा क्लवले सामुहिक नृत्य प्रदर्शन गरी मनोरञ्जन दिएको थियो । भने अभिभावकहरु वीच बाल्टिमा वल खसाल्ने, महिलाहरुका लागि तातो आलु र वालवालिकाहरुका लागि भित्र वाहिर खेल खेलाईएको हाम्रा सहकर्मी विनोद मगरले जानकारी दिनुभयो । कार्यक्रमकै अवसरमा क्लवलाई विभिन्न कोणवाट सहयोग पुर्याउने संघ संस्थालाई कदर पत्र प्रदान गरी कार्यक्रमका प्रमुख अतिथिले सम्मान गर्नुभएको थियो ।

 

कार्यक्रममा स्वागत मन्तव्य कमल लिम्वुले राख्नुभएको थियो सञ्चालन क्लवका सचिव लोकेन्द्र थापा मगरले गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

साईनिङ स्र्पोटिङ फुटवल क्लवको आर्थिक प्रतिवेदन  ।

 कार्तिक १८ धनकुटा २०७५। धनकुटाको शहिदभूमि गाउँपालिका १ सफाईधापमा सञ्चालित छैटौ छिन्ताङ शहिद स्मृतीकप फुटवल प्रतियोगिताको जीत पोक्ला युवा क्लव

साईनिङ स्र्पोटिङ फुटवल क्लवको आर्थिक प्रतिवेदन  ।

असोज ,९ काठमाडौ  युवा स्पिनर सन्दीप लामिछानेले टी टेन लिग खेल्ने भएका छन् । गत वर्षबाट शुरु भएको टी टेन लिगको दोस्रो संकरणमा सन्दीपले साविक विजेता

साईनिङ स्र्पोटिङ फुटवल क्लवको आर्थिक प्रतिवेदन  ।

भदौ ३० धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिका ९ मा सञ्चालित खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि धरान उपमहानगरपालिका २० स्वाँराले जितेको छ