टमाटर खेतीवाट ५० हजार देखी १ लाख २० हजार वढी आम्दानी गर्न सफल ।

कार्तिक ७ धनकुटा ।

 

धनकुटाको सागुरिगढि गाउँपालिका ८ महाभारतका किसानहरुले टमाटर खेतीवाट यो वर्ष ५० हजार देखी १ लाख २० हजार वढी आम्दानी गर्न सफल भएकाछन् ।

 

टमाटर विक्रि गर्ने मुख्य सिजनमा कतिपय स्थानमा भाउ घटेपनि महाभारत सेम्वोप्पाका किसानहरुले गाउँ मै प्रति के जी २२ देखी २५ रुपायाँको दरमा टमाटर वेचेर उल्लेखित आम्दानी गरेका हुन् । सेम्बोपा  स्थानिय किसान नारायण प्रसाद राई ले यो वर्ष  टमाटर बेचेर १ लाख २० हजार आम्दामी गर्नु भयो । विगत ७ बर्ष देखि परम्परागत रुपमा व्यवसायिक टमाटर खेति गर्दै आउनु भएका उहाँले यो बर्ष  करिव ५ टन टमाटर वेचेर १ लाख २० हजार आम्दानी गर्नुभएको हो  । मेहेनत गरेर काम गरे आफ्नै गाउँमैै मनग्य पैसा कमाउन सकिने अनुभव राईले सुनाउनुभयो ।

 

त्यस्तै अर्का किसान महाप्रसाद राईले यही खेतीवाट  ८० हजार आम्दामी गर्नुभएको हाम्रा सकर्मी पदम रार्यले जानकारी दिनुभयो । सोही वडा का अर्का किसान देवप्रकाश राईले पनि ५० हजार भन्दा बढि आम्दामी गर्नु भएको छ ।

 

आफुहरुले उत्पादन गरेका टमाटर गाउँ मै प्रति केजि २२ रुपैया देखि २५ रुपैया सम्म किनबेच हुने गरेको किसानहरुको भनाई छ । त्यस क्षेत्रमा उत्पादित टमाटर भेडेटार, धरान,इटहरी र विराटनगरका बजार सम्म व्यापारीहरुले लाने गरेका छन ।

प्रतिकृया दिनुहोस

टमाटर खेतीवाट ५० हजार देखी १ लाख २० हजार वढी आम्दानी गर्न सफल ।

कार्तिक २५ धनकुटा । धनकुटामा दुईवटा मोटरसाईकल एकापसमा ठोक्किदा ३ जना व्यक्ति घाईते भएकाछन् ।   धनकुटा हिले सडक खण्ड अन्र्तगत निगाले राम मन्दिर

टमाटर खेतीवाट ५० हजार देखी १ लाख २० हजार वढी आम्दानी गर्न सफल ।

कार्तिक २२ धनकुटा । गएराती धनकुटा १ हिले सिंजाली टोलको एक घरमा आग्लागी भएको छ । लक्ष्मीपूजा गरेर छाडेकोे वत्तीवाट सल्केको आगोले  सिंजाली टोलका

टमाटर खेतीवाट ५० हजार देखी १ लाख २० हजार वढी आम्दानी गर्न सफल ।

कार्तिक १८ धनकुटा , २०७५ । कालिका जनजागरण एकता क्लव महालक्ष्मी नगरपालिका ९ धनकुटाको आयोजनामा भोलि खुल्ला लोक नृत्य प्रतियोगिता हुने भएको छ ।  विगत २