धनकुटामा सञ्चालित वृहत नि शुल्क स्वास्थ्य शिविरमा  आज १ सय ७१ जनाले प्रत्यक्ष स्वास्थ्य सेवा ।

कार्तिक  ८  धनकुटा । 

 

धनकुटामा सञ्चालित वृहत नि शुल्क स्वास्थ्य शिविरमा  आज १ सय ७१ जनाले प्रत्यक्ष स्वास्थ्य सेवा लिएकाछन् ।

शल्यक्रिया शिविरमा ११ जनाको ठूला शल्यक्रिया (मेजर अप्रेशन) र (माईनर अप्रेशन) साना खालको शल्यक्रियाका लागी २७ जनाको स्वास्थ्य परिक्षण गरी १९ जनाको शल्यक्रिया गरिएको र १ सय ३३ जनाको दातको उपचार गरी जम्मा १ सय ७१ जनाले  प्रत्यक्ष स्वास्थ्य सेवा पाएको शिविर व्यवस्थापन तथा संचालन समितिका संयोजक रोशेष श्रेष्ठले वताउनु भयो । पहुच विहिनहरुका लागी धनकुटा अस्पतालमा संचालन संचालन गरिएको शिविरमा आज एक जनालाई कृत्रिम हात लगाईएको शिविर प्रचार प्रसार समितिका संयोजक राजेश्वर वहादुर श्रेष्ठले वताउनु भयो ।  

 

यसअघि हिजो ११ जनाको मेजर अप्रेशन,२५ जनाको माईनर अप्रेशनका लागी स्वास्थय परिक्षण तथा उपचार गरी १४ जनाको शल्यक्रिया गरिएको र ७२ जनाको दातको उपचार गरिएको शिविर व्यवस्थापन तथा संचालन सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

 

स्वास्थ्य शिविरमा विशेषज्ञ अमेरिकन डाक्टरहरुद्धारा पितको पत्थरी, पाठेघर, हर्निया, हाईडोसिल, पायल्स, गाठागुठीको शल्यक्रिया, दातको उपचार, कृतिम हात वितरण  गरिदै आएको शिविर आयोजक समितिका  संयोजक श्रेष्ठले वताउनु भयो ।
 

प्रतिकृया दिनुहोस

धनकुटामा सञ्चालित वृहत नि शुल्क स्वास्थ्य शिविरमा  आज १ सय ७१ जनाले प्रत्यक्ष स्वास्थ्य सेवा ।

कार्तिक ७ धनकुटा । गरिव, असहाय तथा पहुच वीहिनहरुका लागि धनकुटा अस्पतालमा सञ्चालित वृहत नि शूल्क शल्यक्रिया स्वास्थ्य शिविरको आज उद्घाटन गरिएको छ

धनकुटामा सञ्चालित वृहत नि शुल्क स्वास्थ्य शिविरमा  आज १ सय ७१ जनाले प्रत्यक्ष स्वास्थ्य सेवा ।

धनकुटा , कातिक ,४ २०७५,   महालक्ष्मी नगरपालिका जीतपुरबजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रको एक्स–रे मेसिन ल्याएको बर्ष दिन पुग्दासमेत सञ्चालनमा

धनकुटामा सञ्चालित वृहत नि शुल्क स्वास्थ्य शिविरमा  आज १ सय ७१ जनाले प्रत्यक्ष स्वास्थ्य सेवा ।

, धनकुटा ५ कार्तिक,  पहुच विहिनहरुका लागी धनकुटा अस्पतालमा संचालन  गरिने शिविरको लागी अलोहा मेडिकल मिसन अमेरिकाबाट आउनु हुने विशेषज्ञ डाक्टरहलाई