अब मान्छे १४० वर्षसम्म बाँच्नसक्ने !

। चिकित्सा क्षेत्रमा गरिएको एक नयाँ खोजले मानिसको आयु अस्वाभाविक लम्बिनसक्ने तथ्य पत्ता लगाइएको छ । न्युजिल्याण्मा भएको एक अध्ययनअनुसार नवीनतम प्रविधिको विकास हुने क्रममा त्यसको उपभोगले मानवीय जीवनमा सहजता आउने आयु समेत लम्बिने बताइएको हो । 

सो शोधमा भनिएअनुसार मानिसले प्रविधिगत कुरालाई आफू अनुकूल बनाएर १ सय ४० वर्षसम्म पनि बाँच्नसक्नेछ । डावोसमा भइरहेको विश्व आर्थिक मञ्चको शिखर बैठकमा स्वास्थ्यसम्बन्धी प्रविधिहरुबारे चर्चा भएको हो । 

त्यो कार्यक्रमको दौडान विशेषज्ञहरुले नयाँ नयाँ प्रविधिहरुको आविष्कार भइरहेको अवस्थामा केही समयपछि अस्पतालहरुको आवश्यकता समेत आपत्कालीन अवस्थामा मात्र हुने पनि उल्लेख गरिएको छ । 

कार्यक्रममा माइक्रोसफ्टका सीईओ सत्या नडेलाले प्रविधिमा आधारित चौँथो क्रान्ति चिकित्सा क्षेत्रमा हुने बताए । उनका अनुसार मेडिकल क्षेत्रमा डिजिटल प्रविधिको अत्यधिक प्रयोग हुनेछ ।

कार्यक्रमको आधिकारिक प्रेस विज्ञप्तिमा प्रविधि र औषधीको तालमेल पनि विश्वभर राम्रो हुँदै गएको उल्लेख गरिएको छ । त्यस्तै सोही विज्ञप्तिमा अबको केही दशकभित्रै मानिसको आयु १ सय ४० वर्षसम्म लम्बिने बताइएको छ । 

  • नवभारत टाइम्सबाट । 

प्रतिकृया दिनुहोस

अब मान्छे १४० वर्षसम्म बाँच्नसक्ने !

उत्तर अमेरिका । गोताखोरहरुको एउटा समूहले पूर्वी मेक्सिकोको पानीमुनि विश्वकै लामो सुरुंग पत्ता लगाएका छ । उक्त सुरुंगको लम्बाइमात्रै ३ सय ४७ किमि

अब मान्छे १४० वर्षसम्म बाँच्नसक्ने !

खगोल । क्यानडाका खगोलशास्त्रीहरुले पृथ्वीदेखि ९३० प्रकाश वर्ष टाढा रहेको ग्यासयुक्त एक्सोप्लानेटमा महत्वपूर्ण स्थानको खोजी गरेका छन् । यो खोजले

अब मान्छे १४० वर्षसम्म बाँच्नसक्ने !

भारत । भारतको तेलंगानाको नालगोडा भन्ने स्थानमा एक युवकको नृशंस हत्या गरी टाउको धार्मिक स्थलमा राखिएपछि मानिसहरु आतंकित भएका छन् । सोमबार बिहान यस्तो