महालक्ष्मी नगरपालका धनकुटाको आयोजनामा भोलि खुल्ला लोक नृत्य प्रतियोगिता हुने । 


कार्तिक १८ धनकुटा , २०७५ ।
कालिका जनजागरण एकता क्लव महालक्ष्मी नगरपालिका ९ धनकुटाको आयोजनामा भोलि खुल्ला लोक नृत्य प्रतियोगिता हुने भएको छ ।  विगत २ दशक देखी हुँदै आएको यो नृत्य प्रसतयोगिता यस वर्ष दिपावलीको अवसरमा काग तिहारको दिन भोलि विहान १० वजे देखी हुन लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको  आयोजकले जनाएको छ । यसअघि अर्कै स्थानमा हुदै आएको लोक नृत्य प्रतियोगिता यस पटक भने प्रस्तावित पर्यटकीय स्थल  ढुङ्गे वगैचाको समेत प्रचार प्रसार गर्ने लक्षका साथ महालक्ष्मी नगरपालिका ९ ढुङ्गे वगैंचा आहालेमा गर्न लागिएको क्लवका प्रचार प्रसार विभाग प्रमुख हिमचन्द्र भण्डारीले जानकारी दिनुभयो ।

प्रस्तावित पर्यटकीय स्थल ढुङ्गे वगैचा हेर्नका लागि प्राकृतीक हिसवाले अत्यन्तै आकर्षक र मनमोहक रहेको उहाँले वताउनुभयो । प्रतियोगिताका लागि छथर जोरपार्टी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका जम्मा १० टिमले समूह दर्ता गराएकाछन् ।

महालक्ष्मी नगरपालिकाको सहयोगमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन प्रदेश सांषद ईन्द्रमणी पराजुलीले गर्नुहुने जनाईएको छ । प्रतियोगिताकै अवसरमा कालिकाको देउसी भैलो कार्यक्रम सहित विभिन्न संघ संस्था विद्यालय र क्लवहरुको जोडदार साँस्कृतिक प्रस्तुती प्रदर्शन गरिने छ । प्रतियोगिताका विजयीहरुलाई नगद सहित अन्य आकर्षक पुरस्कारहरुको समेत व्यवस्था रहेको क्लवले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

महालक्ष्मी नगरपालका धनकुटाको आयोजनामा भोलि खुल्ला लोक नृत्य प्रतियोगिता हुने । 

कार्तिक २५ धनकुटा । धनकुटामा दुईवटा मोटरसाईकल एकापसमा ठोक्किदा ३ जना व्यक्ति घाईते भएकाछन् ।   धनकुटा हिले सडक खण्ड अन्र्तगत निगाले राम मन्दिर

महालक्ष्मी नगरपालका धनकुटाको आयोजनामा भोलि खुल्ला लोक नृत्य प्रतियोगिता हुने । 

कार्तिक २२ धनकुटा । गएराती धनकुटा १ हिले सिंजाली टोलको एक घरमा आग्लागी भएको छ । लक्ष्मीपूजा गरेर छाडेकोे वत्तीवाट सल्केको आगोले  सिंजाली टोलका

महालक्ष्मी नगरपालका धनकुटाको आयोजनामा भोलि खुल्ला लोक नृत्य प्रतियोगिता हुने । 

कार्तिक १७ धनकुटा    धनकुटा १ हिलेमा  गएराती एक व्यक्ति को हत्या भएको छ ।  हिले पुच्छरमा  केही दिनदेखी लाग्दै आएको रमाईलो मेला परिसरमा