छैटौ छिन्ताङ शहिद स्मृतीकप फुटवल प्रतियोगिताको उपाधि  पोक्ला युवा क्लव सागुरीगढी ८ लाइ ।


 कार्तिक १८ धनकुटा २०७५।
धनकुटाको शहिदभूमि गाउँपालिका १ सफाईधापमा सञ्चालित छैटौ छिन्ताङ शहिद स्मृतीकप फुटवल प्रतियोगिताको जीत पोक्ला युवा क्लव सागुरीगढी ८ ले हात पारेको छ । आज भएको फाईनल खेलमा अजम्वरी युवा क्लव सागुरीगढी ७ फेदी सँग भीडेको उसले ट्राईव्रकरमा ५ को विरुद्ध ६ गोल हान्दै जीत निकालेको हो । प्रतियोगिताको शूरुवातदेखी नै १ गोलको अग्रता लिएको अजम्वरीलाई अन्तिम समयमा पोक्लाले पनि गोल हान्दै खेल पेनाल्टि सुटआउटमा धकेलेको थियो ।

त्यसपछि उसले पेनाल्टि सुटआउटवाटै ५ ६ को जीत हात पारेको हो । जीत संगै उसले नगद ६५ हजार ५ सय ६५ रुपाया सहित ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । दोश्रो स्थानमा चित्त वुझाएको अजम्वरीले नगद ३० हजार १ सय २० सहित ट्रफी,मेडल र प्रमाणपत्र पाएको आयोजक क्लवका सल्लाहकार तथा प्रतियोगिताका संयोजक भक्त वहादुर खड्काले जानकारी दिनुभयो  । २०३६ सालमा छिन्ताङ् हत्याकाण्डमा शहाद्त प्राप्त गरेका शहिदहरुको सम्झनामा हरेक वर्ष मितेरी युवा क्लवको आयोजनामा हुदैआएको यो प्रतियोगिता गत कार्तिक ११ गतेदेखी शूरु भएको थियो । प्रतियोगितामा धनकुटाको शहिदभूमि गाउँपालिका,सागुरीगढी गाउँपालिका,धरान,ईटहरी र पथरी मोरङ सहितका ३७ टिमको सहभागीता थियो । प्रतियोगिता समापन कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा साँषद निरन राईले सरकारी तवरवाट प्रतियोगितालाई स्वामित्व ग्रहण गर्दै सक्षम खेलाडी उत्पादन गर्न प्रदेश सरकार सँग पहल गर्ने वताउनुभयो । उहाँले सफार्यधापको खेलमैदानलाई पूर्ण आकारको खेल मैदानको रुपमा स्तरोन्नती गर्न चालु आर्थिक वर्ष मै प्रदेश सरकारवाट ८ लाख रुपया विनियोजन गरेको जानकारी गराउनुभयो । कार्यक्रममा शहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राई, पौवादुम्मा गाउँपालिका भोजपुरका अध्यक्ष किरण राई लगायतको उपस्थिती थियो । 
 

प्रतिकृया दिनुहोस

छैटौ छिन्ताङ शहिद स्मृतीकप फुटवल प्रतियोगिताको उपाधि  पोक्ला युवा क्लव सागुरीगढी ८ लाइ ।

कार्तिक ७ धनकुटा ।   धनकुटाको चौविसे गाउँपालिका कुरुले तेनुपाको साईनिङ स्र्पोटिङ फुटवल क्लवले आज आफ्नो आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ

छैटौ छिन्ताङ शहिद स्मृतीकप फुटवल प्रतियोगिताको उपाधि  पोक्ला युवा क्लव सागुरीगढी ८ लाइ ।

असोज ,९ काठमाडौ  युवा स्पिनर सन्दीप लामिछानेले टी टेन लिग खेल्ने भएका छन् । गत वर्षबाट शुरु भएको टी टेन लिगको दोस्रो संकरणमा सन्दीपले साविक विजेता

छैटौ छिन्ताङ शहिद स्मृतीकप फुटवल प्रतियोगिताको उपाधि  पोक्ला युवा क्लव सागुरीगढी ८ लाइ ।

भदौ ३० धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिका ९ मा सञ्चालित खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि धरान उपमहानगरपालिका २० स्वाँराले जितेको छ