एक घरमा आग्लागी । साढे ७ लाख वरावरको क्षती ।

कार्तिक २२ धनकुटा ।


गएराती धनकुटा १ हिले सिंजाली टोलको एक घरमा आग्लागी भएको छ । लक्ष्मीपूजा गरेर छाडेकोे वत्तीवाट सल्केको आगोले  सिंजाली टोलका गोरख वहादुर राईको घरमा आग्लागी भएको हिले प्रहरी चौकीक ाप्रमुख यदु खड्काले जानकारी दिनुभयो ।

 

आग्लागीवाट साढे ७ लाख वरावरको क्षतीभएको प्रहरीले जनाएको छ । घरको माथिल्लो तलामा लक्ष्मी पूजा गरी परिवारका सदस्यहरु अन्य काममा लागेको समयमा नजिकै रहेको परालमा वत्तीवाट आगो सल्किदा आग्लागी भएको हो । गाग्लागीको कारण लक्ष्मी पूजाका लागि पूजा स्थलमा राखिएका सम्पूर्ण सामाग्री सहित घरको माथिल्लो भाग पूर्ण रुपामा जलेको प्रमुख खड्काले वताउनुभयो । आगो प्रहरी र स्थानियको पहलमा नियन्त्रणमा लिईएको थियो । यसैवीच आगलागि पीडित राईको परिवारलाई आजै राहत पनि वितरण गरिएको छ ।

 

वडा कार्यलय,उद्योग वाणिज्य संघ धनकुटा,नेपाल रेडक्रस शोसाईटी र जिल्ला समन्वय समितिको तर्फवाट राहत वितरण गएिको धनकुटा नगरपालिका १ नं वडाध्यक्ष निरेन तामाङले जानकारी दिनुभयो । वडाध्यक्ष तामाङका अनुसार घटना स्थालमा पुगी धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ, नेपाल रेडक्रस शोसार्यटीका सभापति नरेन्द्र पोखरेल लगायतकोे उपस्थितीमा १ नं वडाको तर्फवाट ३ थान ओढ्ने ओछ्याउने,५० के जी चामल, ५ के जी दाल २ थान म्याटिस, तेल लगायतका सामाग्री प्रदान गरिएको छ ।

 

त्यस्तै रेडक्रसको तर्फवाट १ सेट भाडााकुडा, लत्ताकपडा उद्योगवाणीज्य संघको तर्फवाट १० के जी चामल,१ केजी दाल र जिल्ला समन्वय समितिको तर्फवाट डसना सहितका सामाग्री वितरण गरिएको वडाध्यक्ष तामाङले वताउनुभयो । घटनाको अवलोकन गरिसकेपछि नगर प्रमुख तामाङले पीडितको घर छाउन नगरको तर्फवाट जस्तापाता दिने वताउनुभएको छ ।
 

प्रतिकृया दिनुहोस

एक घरमा आग्लागी । साढे ७ लाख वरावरको क्षती ।

माघ ६ धनकुटा ।   धनकुटा नगरपालिका क्षेत्रमा पछिल्लो समय व्यावसायिक रुपमा विस्तार हुदै गएको एभोकार्डको खेतिलाई आधार मानेर धनकुटा नगरलाई

एक घरमा आग्लागी । साढे ७ लाख वरावरको क्षती ।

माघ ६ धनकुटा । धनकुटाको अति सुख्खा ग्रस्त क्षेत्र वडा नं ८ लाई पकेट क्षेत्र घोषणा गरी  धनकुटा नगरपालिकाले ड्रागन फलको खेती शुरु गरेको छ । आर्थिक

एक घरमा आग्लागी । साढे ७ लाख वरावरको क्षती ।

माघ ५ धनकुटा ।  धनकुटाको मुलघाट स्थित तमोर नदी किनारमा कंक्रिट उद्योग सन्चालनमा आएको छ । निशान दवी कंक्रिट ईन्डष्ट्रिज प्रा।लि।को नामबाट