मानव अधिकार बर्ष पुस्तक’ सन् २०१९ मा धनकुटाबाट ३६ वटा मानव अधिकार उलंघनका घटनाहरु समेटिने ।

 
धनकुटा २०७५,८, २,मंसिर ।
 अनौपचारीक सेवा केन्द्र ईन्सेक ‘नेपाल मानव अधिकार बर्ष पुस्तक’ सन् २०१९ मा धनकुटाबाट ३६ वटा मानव अधिकार उलंघनका घटनाहरु समेटिने भएको छ । सन् २०१८ मा नेपाल भरीमा मानवअधिकारका क्षेत्रमा घटेका घटनाहरु छनौट गरी समेटेर प्रशासन हुन लागेको पुस्तकमा उक्त घटनाहरु प्रकाशन हुन लागेको हो ।

ईन्सेक क्षेत्रीय कार्यालय बिराटनगरले आईतबार धनकुटामा एक पूर्व समिक्षा कार्यक्रम गरेर धनकुटाबाट कुटपिट,बलत्कार,घरेलु हिंसा,आर्थिक,सामाजिक र साँस्कृतिक अधिकार हनन्का घटना समावेश गरिने जनाएको छ । पुस्तकमा धनकुटा जिल्ला प्रतिनिधि निरबहादुर थापाले संकलन गर्नुभएको हत्याका १,कुटपिटका ३,बलत्कार ७,घरेलु हिंसा १३ र आर्थिक,सामाजिक र साँस्कृतिक अधिकार हनन्का २ वटा मुख्य घटनाका समावेश गरिने भएको छ ।

ईन्सेक बिराटनगरका प्रतिनिधि पुण्य अधिकारीको अध्यक्षतामा भएको पुस्तक समिक्षा कार्यक्रममा सरोकारवालाहरुले जिल्लाका स्थानिय ७ तह र सरोकारवालाहरुको सहकार्यमा तथ्यांक संकलन गर्न सुझाव दिएको छ । कार्यत्रलममा पूर्व सांसद गोपाल गुरागाईं,प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा,नेकपाका नेता सन्देश बिहानी,रेडक्रस धनकुटाका सभापति नरेन्द्र पोखरेल,पत्रकार महासंघका पूर्व अध्यक्ष यखगेन्द्र प्रसाद घिमिरेले लगाएतले सुझाव राख्नु भएको थियो ।
 

प्रतिकृया दिनुहोस

मानव अधिकार बर्ष पुस्तक’ सन् २०१९ मा धनकुटाबाट ३६ वटा मानव अधिकार उलंघनका घटनाहरु समेटिने ।

मंशीर २८ धनकुटा । नेपाली कांग्रेसको महासमिति सदस्य बैठकलाई सार्थक  बनाउन  शूभकामना व्यक्त गर्दै आज धनकुटाको चौक चौकमा प्रचारात्मक अभियान

मानव अधिकार बर्ष पुस्तक’ सन् २०१९ मा धनकुटाबाट ३६ वटा मानव अधिकार उलंघनका घटनाहरु समेटिने ।

मंसिर २८ धनकुटा ।   धनकुटाका एक आमा–बुवा आमाले ब्लड क्यान्सर भएका आफ्ना छोरालाई बचाउन आर्थिक सहयोगका लागि अपिल गरेका छन् ।   गएको ३ महिना देखि

मानव अधिकार बर्ष पुस्तक’ सन् २०१९ मा धनकुटाबाट ३६ वटा मानव अधिकार उलंघनका घटनाहरु समेटिने ।

मंसिर २८ धनकुटा ।   नेपाल प्रेस यूनियन धनकुटाको जिल्ला अधिवेशन अगामी पौष ४ गते हुने भएको छ ।   नेपाल प्रेस यूनियन धनकुटाको आज बसेको कार्यसमिती