पाँचथर बाट आज देखि राष्ट्रिय परिचयपत्र वितरण सुरु हुदै ।

 

मंसिर,३ 
पाँचथर, फिदिमकी १०१ वर्षीया ज्येष्ठ नागरिकबाट राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ भोली सोमबारदेखि हुने भएको छ । नेपालमै पहिलो पटक सोमबार पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यको थालनी हुँदैछ । पाँचथरको फिदिम नगरपालिका–४ शान्तिपुरकी भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्यको शुरुआत गर्न लागिएको हो । 
भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्य शुभारम्भ गर्न गृहमन्त्री रामबहादुर थापा सोमबार पाँचथर पुग्ने कार्यक्रम तय भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिनुभयो । 
राष्ट्रिय परिचयपत्र वितरणको कार्यलाई राष्ट्रिय उत्सवको रूपमा मनाउन शुभारम्भ कार्यक्रममा प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं– २ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, गृहसचिव प्रेमकुमार राई लगायत विशिष्ट व्यक्तित्वसमेत सहभागी हुने निर्देशक न्यौपानेले जानकारी दिनुभयो ।

अनलाइन बाट साभार,

प्रतिकृया दिनुहोस

पाँचथर बाट आज देखि राष्ट्रिय परिचयपत्र वितरण सुरु हुदै ।

कार्तिक २५ गाईघाट । उदयपुरको बेलका नगरपालिकामा वनभोज खाएर फर्कदै गरेको ट्याक्टर आज  साँझ दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते

पाँचथर बाट आज देखि राष्ट्रिय परिचयपत्र वितरण सुरु हुदै ।

असोज,९  यातायात व्यवसायीहरुले मंगलबारबाट दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेका हुन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सोमबार बसेको

पाँचथर बाट आज देखि राष्ट्रिय परिचयपत्र वितरण सुरु हुदै ।

भाद्र ३१ धनकुटा ।   बलात्कारी र हत्यारालाई कारवाही नगरेसम्म धनकुटामा  सशक्त सडक आन्दोलन जारी राख्ने महिला अधिकारकमीहरुले उद्घोष गरेका छन । आज