धनकुटा बजारमा प्रथम एभोकाडो महोत्सव हुने


मंसिर ४,२०७५धनकुटा।  
व्यबसायीक एभोकाडो खेतीबाट धनकुटाको कृषि पर्यटनलाई टेवा पु¥याउने उदेश्यले धनकुटा बजारमा प्रथम एभोकाडो महोत्सव हुने भएको छ । धनकुटा नगरपालिकाको आयोजनामा सम्पन्न हुन लागेको उक्त एक दिने महोत्सवमा नगरक्षेत्रको किसाका २० वटा एभोकाडोका स्टलहरु रहने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । मंसिर ८ गते धनकुटा बजारको परिचय मोड क्षेत्रमा लागेको उक्त महोत्सव एशियाकै पहिलो महोत्सव भएको नगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले जानकारी दिए । धनकुटा बजारको परिचय मोडमा ३० लाख लागतमा निर्मित एभोकाडो स्तम्भ र पार्कको उत्घाटन संगै महोत्सवको आयोजना गरिने राईले जानकारी दिए ।

महोत्सवमा सहभगी किसानहरुलाई प्रोत्साहन स्वरुप प्रथम,द्वितिय,तृतिय र सान्तत्वना हुने ६ जना किसानहरुलाई क्रमशः १५ हजार,१० हजार,५ हजार र ३ हजार नगद पुरस्कार दिईने नगरपालिकाले जानकारी दिएको छ । एभोकाडोको खेतीलाई प्रवद्र्धन गर्न नगरपालिकाले गएको असारमा नगरपालिकाले धनकुटालाई ‘एभोकाडोको राजधानी’ घोषणा गरेको थियो । नगरपालिकाले एभोकाडोको राजधानी घोषणा गरे संगै प्रति केजी ५० रुपैंयामा बिक्दै गरेको एभोकाडो अहिले धनकुटामा १ सय ५० रुपैंया पुगेको छ । २०२८ सालमा बेलायत सरकारले धनकुटाको पाख्रिबास कृषि अनुसन्धान स्थापना गरेसंगै ती देशका नागरिकले रोपेर फैलिएको एभोकाडो हाल धनकुटा नगरपालिका क्षेत्रमा २५ हजार फल दिने बोट रहेको नगरपालिकाको तथ्यांक छ ।
 

प्रतिकृया दिनुहोस

धनकुटा बजारमा प्रथम एभोकाडो महोत्सव हुने

मंशीर २८ धनकुटा ।   ४१ औँ धनकुटा नगर स्थापना दिवसको अवसरमा धनकुटामा आज बाट सुरु भएको बुद्धिचाल प्रतियोगितामा दोस्रो चरणका खेल सकिएका छन्

धनकुटा बजारमा प्रथम एभोकाडो महोत्सव हुने

मंशीर २८ धनकुटा । किराँत आठपरहीया समाज नेपाल धनकुटाको आयोजनामा आजवाट शहिद रिदामाहाङ् रामालिहाङ् नकाउट वडा स्तरीय फुटबल प्रतियोगीता शूरु भएको छ

धनकुटा बजारमा प्रथम एभोकाडो महोत्सव हुने

मंशीर २७ धनकुटा ।         किरात आठपरहीया समाज नेपाल धनकुटाले शहिद रिदामाहाङ्ख रामालिहाङ्ख नकाउट वडा स्तरीय फुटबल प्रतियोगीता संचालन गर्ने भएको