विश्वको दोस्रो र एसियाको पहिलो एभोकाडो महोत्सब धनकुटामा  सम्पन्न  ,


धनकुटा ,९,२०७५ मंसिर ८ 
  धनकुटा नगरपालिकाको आयोजनामा विश्वको दोस्रो र एसियाको पहिलो एभोकाडो महोत्सब धनकुटामा शनिवार सम्पन्न भएको छ ।
   मेहर कृषि कार्यक्रम अन्र्तगत धनकुटालाई एभोकाडो राजधानी घोषण गरी एभोकाडो खेतिमार्फत कृषि पर्यटन लाई टेवा दिने उद्धेश्यका साथ मंसिर ८ गते एक दिन एभोकाडो महोत्सवको आयोजना गरिउको हो । महोत्सवमा  ४७ किसानले आफुले उत्पादन गरेका एभोकाडो स्टलमा प्रर्दशनी गरेका थिए  ।

विश्वको दोस्रो र एसियाको पहिलो एभोकाडो महोत्सब भएको दावि गरीएको  एभोकाडो महोत्सवको मुख्य उद्धेश्य धनकुटामा उत्पादन भएको एभोकाडो लाई राष्टिय तथा अन्तराष्टिय स्तरमा चिनाउदै एभोकाडोको  व्यावसायीक खेति तर्फ लागेका र अन्य किसान लाई यस खेति तर्फ आर्कषित र प्रोत्साहित गर्दै यस क्षेत्रको आर्थिक विकास लाई टेवा पु¥याउन सहयोगी बन्ने अपेक्षा रहेको धनकुटा नगरपालिकाले जनाएको छ  ।

महोत्सवमा उत्कृष्ट एभोकाडो प्रदर्शन  गर्ने  किसानलाई पुरस्कृत गरिनुको साथै धनकुटा नगरपालिकाको परिचय मोडमा निर्माण गरिएको एभोकाडोको प्रतिमाको अनाबरण समेत गरिएको थियो । महोत्सवको उद्घाटन संघिय संसदका सदस्य राजेन्द्र राईले गरेका थिए । कार्यक्रम उद्घाटन  समारोहमा बोल्दै संसद राईले कृषि क्षेत्रमा अब सरकारले प्रोत्साहन गर्ने बताए । कार्यक्रममा प्रदेश सभा सदस्य इन्द्रमणी पराजुली, निरन राई, लिला सुब्बा,आर सी तुम्वा, कुसुम कुमारी श्रेष्ठ, विना राई जिल्ला समन्वय समिती प्रमुख टंक चुवान त्यस्तै महालक्ष्मी नगरपालिका प्रमुख पर्शुराम नेपाल शहिदभुमी गाउँपालिका अध्यक्ष मनोज राई लगायतले एभोकाडो महोत्सव धनकुटामा हुनु कृषि क्षेत्रका लागि महत्वपूण रहेको बताए ।

कार्यक्रमा  अन्य जनप्रतिनिधी सरकारी कार्यालयका, विभिन्न संघ संस्थाका प्रमख तथा प्रतिनिधिको उपस्थिती रहको थियो । कार्यक्रमको सभापतित्व धनकुटा नगरपालिकाका मेहर चिन्तन तामाङ्गले गरेका थिए ।  २०२८ सालमा बेलाएत सरकारले धनकुटाको पाख्रिबास कृषि अनुसन्धान केन्द्र स्थापना गरेसंगै ती देशका नागरिकले रोपेर फैलिएको एभोकाडो हाल धनकुटा नगरपालिका क्षेत्रमा २५ हजार फल दिने बोट रहेको नगरपालिकाको तथ्यांक छ । 

प्रतिकृया दिनुहोस

विश्वको दोस्रो र एसियाको पहिलो एभोकाडो महोत्सब धनकुटामा  सम्पन्न  ,

मंशीर २८ धनकुटा । नेपाली कांग्रेसको महासमिति सदस्य बैठकलाई सार्थक  बनाउन  शूभकामना व्यक्त गर्दै आज धनकुटाको चौक चौकमा प्रचारात्मक अभियान

विश्वको दोस्रो र एसियाको पहिलो एभोकाडो महोत्सब धनकुटामा  सम्पन्न  ,

मंसिर २८ धनकुटा ।   धनकुटाका एक आमा–बुवा आमाले ब्लड क्यान्सर भएका आफ्ना छोरालाई बचाउन आर्थिक सहयोगका लागि अपिल गरेका छन् ।   गएको ३ महिना देखि

विश्वको दोस्रो र एसियाको पहिलो एभोकाडो महोत्सब धनकुटामा  सम्पन्न  ,

मंसिर २८ धनकुटा ।   नेपाल प्रेस यूनियन धनकुटाको जिल्ला अधिवेशन अगामी पौष ४ गते हुने भएको छ ।   नेपाल प्रेस यूनियन धनकुटाको आज बसेको कार्यसमिती