सन्तकुमारी  लिम्बुकोको सम्मानमा पूर्व प्रधान मन्त्री तथा पार्टी सभापति शेर वहादुर देउवाको समवेदना पत्र  प्रदान ,

धनकुटा १८ मंसिर, धनकुटाका वरिष्ठ समाजसेवी तथा चौविसेगाउपालिका वडा नं। ७ निर्वाचित वडा सदस्य कांग्रेस महिला नेतृ स्वर्गीय सन्तकुमारी  लिम्बुकोको सम्मानमा आज नेपाली कांग्रेसले मौनावुधुकमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना  गरी पूर्व प्रधान मन्त्री तथा पार्टी सभापति शेर वहादुर देउवाको समवेदना पत्र  प्रदान गरेको छ ।
पूर्व प्रधान मन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवाले पठाउने भएको समवेदना पत्र प्रदान गर्दै उक्त श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेसका सभापति अग्नी प्रसाद पौडेलले नेपाली कांग्रेस धनकुटाका नेतृ तथा समाजसेवी स्वर्गीय सन्तकुमारी लिम्बुको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षती पुगेको वताउनु भयो । यसैगरी प्रदेश नम्वर १ का सांसद लिला सुब्बाले समाजिक अभियान्त तथा राजनैतिक कर्मी स्वर्गीय लिम्बुको सपना पुरा गर्न सवैले लाग्नु पर्ने वताउनु भयो ।


नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,महासमिति सदस्यहरु ललित वहादुर चेम्जोङ्ग दुर्गा वहादुर सुवेदी,जिल्ला सदस्यहरु देवेन्द्र श्रेष्ठ,हर्कमान चेम्जोङ्ग,क्षेत्रिय सभापति जितेन्द्र राई,पूर्व जिल्ला सदस्य पदम राई,नेकपाका प्रतिनिधि धन वहादुर लिम्बु,संघिय समाजवादी फोरम नेपाल धनकुटका नेता कृष्ण गोविन्द चेम्जोङ्ग, महिला संघका क्षेत्रिय कोषाध्यक्ष संगिता वराल  लगायतले धनकुटाका वरिष्ठ समाजसेवी तथा चौविसेगाउपालिका वडा नं। ७ निर्वाचित वडासदस्य कांग्रेस महिला नेतृ स्वर्गीय सन्तकुमारी  लिम्बुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाप्रति साचो अर्थमा श्रद्धाञ्जली व्यक्त गर्नका लागी उहाले थाल्नु भएको सामाजिक कामहरुलाई पुरा गर्न सवै लाग्नु पर्ने वताउदै उहाको निधनले समाजिक ,राजनैतिक क्षेत्रमा अपुरणीय क्षती पुगेको वताउनु भयो ।
नेपाली कांग्रेस चौविसे गाउपालिका वडा नं। ७ मौनावुधुका सभापति सुरेन्द्र चेम्जोङ्गको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा पूर्व प्रधान मन्त्री तथा सभापती देउवाले पठाउनु भएको समवेदना पत्र,नेपाली कांग्रेस धनकुटको जिल्ला,क्षेत्र,गाउपालिका तथा वडा समितिका समवेदना पत्र समाजसेवी राजनितिज्ञ स्वर्गीय सन्त कुमारी लिम्बुको परिवारजलाई प्रदान गरिएको थियो ।


यसैगरी समाजसेवी तथा चौविसे गाउपालिका वडा नं। ७ का वडा सदस्य स्वर्गीय सन्तकुमारी  लिम्बुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै चौविसे गाउपालिकाका अध्यक्ष खजिन्द्र राई,उपाध्यक्ष यज्ञ कुमारी रुचाललगायत गाउपालिकाका परिवाजन र दर्जनौ विभिन्न समाजिक संघ सस्थाहरुले समेत समवेदना पत्र परिवाजनलाई प्रदान गर्नु भएको थियो ।
धनकुटाका वरिष्ठ समाजसेवी तथा चौविसेगाउपालिका वडा नं। ७ निर्वाचित वडा सदस्य कांग्रेस महिला नेतृ स्वर्गीय सन्तकुमारी  लिम्बुको अस्ती भरखर मंसिर १० गते उच्च रक्तचापको कारण ५७ बर्षको उमेरमा असमायिक निधन भएको थियो ।
  

प्रतिकृया दिनुहोस

सन्तकुमारी  लिम्बुकोको सम्मानमा पूर्व प्रधान मन्त्री तथा पार्टी सभापति शेर वहादुर देउवाको समवेदना पत्र  प्रदान ,

मंशीर २८ धनकुटा । नेपाली कांग्रेसको महासमिति सदस्य बैठकलाई सार्थक  बनाउन  शूभकामना व्यक्त गर्दै आज धनकुटाको चौक चौकमा प्रचारात्मक अभियान

सन्तकुमारी  लिम्बुकोको सम्मानमा पूर्व प्रधान मन्त्री तथा पार्टी सभापति शेर वहादुर देउवाको समवेदना पत्र  प्रदान ,

मंसिर २८ धनकुटा ।   धनकुटाका एक आमा–बुवा आमाले ब्लड क्यान्सर भएका आफ्ना छोरालाई बचाउन आर्थिक सहयोगका लागि अपिल गरेका छन् ।   गएको ३ महिना देखि

सन्तकुमारी  लिम्बुकोको सम्मानमा पूर्व प्रधान मन्त्री तथा पार्टी सभापति शेर वहादुर देउवाको समवेदना पत्र  प्रदान ,

मंसिर २८ धनकुटा ।   नेपाल प्रेस यूनियन धनकुटाको जिल्ला अधिवेशन अगामी पौष ४ गते हुने भएको छ ।   नेपाल प्रेस यूनियन धनकुटाको आज बसेको कार्यसमिती