खाल्सा क्षेत्रमा मनाईने पापनी वाडाङ्मी  पर्वमा गीत गाउने ६ जना पापनी गायकहरुलाई सम्मान तथा पुरस्कृत ।

 
धनकुटा १७,मंसिर  २०७५ ,।
 खाल्सा क्षेत्रमा मनाईने पापनी वाडाङ्मी  पर्वमा गीत गाउने ६ जना पापनी गायकहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ । कार्तिक पूर्णिमा देखि सहिदभूमी गाउँपालिका क्षेत्रमा ६ दिन ६ रात मनाईने पापनी नाच  ढोल नाच  मा गीत गाएर योगदान पु¥याएको भन्दै उनीहरुलाई सम्मान गरिएको हो । सम्मान हुनेहरुमा खनप्रसाद राई,वनवीर राई,पुरखामायाँ राई,मन बहादुर राई,भिम बहादुर राई र पूर्व श्वरी राई रहनुभएको छ । उनीहरुलाई वडा नं। ३ को आर्थिक सहयोग तथा संस्कृति संरक्षण समिति छिन्ताङले एक कार्यक्रमको आयोजना गरेर एक–एक थान मोवाईल र कदर–पत्रले सम्मान गरिएको हो । सम्मानित गायकहरुलाई प्रदेश सभाका सांसद निरन राई,गाउँपालिका अध्यक्ष मनोज राई,वडा अध्यक्ष योगेन्द्र राई,शसस्त्र प्रहरी गुल्म धनकुटाका डिएसपी बालकृष्ण श्रेष्ठ,आयोजक संस्थाका अध्यक्ष दयाराज राईले सम्मान गर्नुभएको थियो । पापनी संस्कृति संरक्षण गर्न प्रेरणा जगाउने उदेश्यले वडा नं। ३ ले हरेक बर्ष पापनी कलाकारहरुलाई सममान गर्दै आईरहेको वडा अध्यक्ष योगेन्द्र राईले जानकारी दिनुभयो । साबिक आाखिसल्ला,खोकु र छिन्ताङका बिभिन्न स्थानहरुमा नाचिने पापनी नाच शोमबार बेलुका खोकुको नाच पछि यस वर्ष को पापनि स्थानियबासीहरुले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

खाल्सा क्षेत्रमा मनाईने पापनी वाडाङ्मी  पर्वमा गीत गाउने ६ जना पापनी गायकहरुलाई सम्मान तथा पुरस्कृत ।

मंशीर २८ धनकुटा । नेपाली कांग्रेसको महासमिति सदस्य बैठकलाई सार्थक  बनाउन  शूभकामना व्यक्त गर्दै आज धनकुटाको चौक चौकमा प्रचारात्मक अभियान

खाल्सा क्षेत्रमा मनाईने पापनी वाडाङ्मी  पर्वमा गीत गाउने ६ जना पापनी गायकहरुलाई सम्मान तथा पुरस्कृत ।

मंसिर २८ धनकुटा ।   धनकुटाका एक आमा–बुवा आमाले ब्लड क्यान्सर भएका आफ्ना छोरालाई बचाउन आर्थिक सहयोगका लागि अपिल गरेका छन् ।   गएको ३ महिना देखि

खाल्सा क्षेत्रमा मनाईने पापनी वाडाङ्मी  पर्वमा गीत गाउने ६ जना पापनी गायकहरुलाई सम्मान तथा पुरस्कृत ।

मंसिर २८ धनकुटा ।   नेपाल प्रेस यूनियन धनकुटाको जिल्ला अधिवेशन अगामी पौष ४ गते हुने भएको छ ।   नेपाल प्रेस यूनियन धनकुटाको आज बसेको कार्यसमिती