धनकुटा मा  प्रहरी विद्यालय सम्पर्क समितिको समन्वयमा आज देखी धनकुटामा लागुऔषध नियन्त्रण र साईवरक्राम सम्वन्धि सचेतना  अभियान  शुरु

 धनकुटा १८ मंसिर,  समुदायमा प्रहरी साझेदारी अभियान अन्र्तगत जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजना र सम्वाद समुह धनकुटा तथा जिल्ला प्रहरी कार्यालय धनकुटा प्रहरी विद्यालय सम्पर्क समितिको समन्वयमा आज देखी धनकुटामा लागुऔषध नियन्त्रण र साईवरक्राम सम्वन्धि सचेतना  अभियान कार्यक्रम शुरु गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एस पी सुरेन्द्र वहादुर गुरुङ्गले उक्त लागुऔषध तथा दुव्र्यसनी नियन्त्रण र साईवक्राम सचेतना अभियानको धनकुटा नगरपालिका वडा नं। ५ स्थित गोकुण्डेश्वर बाल मन्दिर माविमा शुभारम्भ गर्दै लागुऔषध नियन्त्रण र साईवरक्राम हुन नदिनका लागी सवैको सहयोग महत्वपूर्ण रहेकाले सहयोग गर्न सवैमा अपिल गर्नु भयो ।


गोकुण्डेश्वर बाल मन्दिर  माध्यामिक विद्यालयका निमित्त प्रधानाध्यापक जिवन श्रेष्ठको अध्यक्षतामा भएको अभियानको उद्घाटन तथा शुभारम्भ कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दैअभियानको उदेश्यमाथि सम्वाद समुह धनकुटका सदस्य विजय सन्तोषी राईले प्रकाश पार्दै लागुऔषध दुव्र्यसनी तथा साईवरक्रामले टिन एजका विद्यार्थीहरुलाई नराम्रोसंग प्रभाव पार्ने भएकाले सचेतना कार्यक्रम संचालन गरिएको वताउनु भयो । भने कार्यक्रमको संचालन सम्वाद समुह धनकुटाका सम्वन्यकर्ता कमल श्रेष्ठले गर्नु भएको थियो ।
  सो अवसरमा  सहभागी विद्यार्थी भाईवहिनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनकुटका असई नोट प्रसाद धमलाले साईवरक्राम गर्दा हुने कानुनी कारवाहीको व्यवस्था र यसको रोकथामको विषयमा र दागुऔषध तथा दुव्र्यसनी नियन्त्रणको विषयमा जानकारी दिनु भएको थियो भने जिल्ला प्रहरी कार्यालय धनकुटाका हल्दार लक्ष्मी कोईराला र प्रहरी जवान डेगराज अधिकारी,सम्वाद समुह धनकुटका सवन्यकर्ता कमल श्रेष्ठले पनि सहजीकरण गर्नु भएको थियो ।कार्यक्रममा नेपाल पत्रकार महासंघ  १ नम्वर प्रदेशका उपाध्यक्ष स्मिता निरौला,धनकुटा जिल्लाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,पत्रकारहरु इश्वर थापा,विकास घिमिरे,स्टेप धनकुटका बिर्मशमान अमात्य गोकुण्डेश्वर बाल मन्दिर विद्यालयका शिक्षकहरु र विद्यार्थीहरुको समेत सहभागीता रहेको थियो ।

आज देखी शुरु भएको  समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगतको सावरक्राम र दुव्र्यसनी निणन्त्रणका लागी सचेतना अभियान सम्वाद समुह धनकुटा र जिल्ला प्रहरी कार्यालय धनकुटा प्रहरी विद्यालय सम्पर्क समितिको  समन्वयमा धनकुटा नगरपालिकाका विभिन्न विद्यालयहरुमा २४ गते सम्म पहिलोचरणमा संचालन हुने  जिल्ला प्रहरी कार्यालय धनकुटका एस पी सुरेन्द्र वहादुर गुरुङ्गले जानकारी दिनु भयो ।
 

प्रतिकृया दिनुहोस

धनकुटा मा  प्रहरी विद्यालय सम्पर्क समितिको समन्वयमा आज देखी धनकुटामा लागुऔषध नियन्त्रण र साईवरक्राम सम्वन्धि सचेतना  अभियान  शुरु

मंशीर २८ धनकुटा । नेपाली कांग्रेसको महासमिति सदस्य बैठकलाई सार्थक  बनाउन  शूभकामना व्यक्त गर्दै आज धनकुटाको चौक चौकमा प्रचारात्मक अभियान

धनकुटा मा  प्रहरी विद्यालय सम्पर्क समितिको समन्वयमा आज देखी धनकुटामा लागुऔषध नियन्त्रण र साईवरक्राम सम्वन्धि सचेतना  अभियान  शुरु

मंसिर २८ धनकुटा ।   धनकुटाका एक आमा–बुवा आमाले ब्लड क्यान्सर भएका आफ्ना छोरालाई बचाउन आर्थिक सहयोगका लागि अपिल गरेका छन् ।   गएको ३ महिना देखि

धनकुटा मा  प्रहरी विद्यालय सम्पर्क समितिको समन्वयमा आज देखी धनकुटामा लागुऔषध नियन्त्रण र साईवरक्राम सम्वन्धि सचेतना  अभियान  शुरु

मंसिर २८ धनकुटा ।   नेपाल प्रेस यूनियन धनकुटाको जिल्ला अधिवेशन अगामी पौष ४ गते हुने भएको छ ।   नेपाल प्रेस यूनियन धनकुटाको आज बसेको कार्यसमिती