धनकुटाको मुढेवास स्वास्थ्य चौकीमा ल्यावसेवा सञ्चालन ,


मंशीर २३ , २०७५ ,धनकुटा ।
धनकुटाको मुढेवास स्वास्थ्य चौकीमा आजवाट ल्यावसेवा सञ्चालनमा ल्याईएको छ । चौविसे गाउँपालिकाको सहयोगमा सञ्चालन शूरु गरिएको ल्याव सेवाको आज एक कार्यक्रमको वीच चौविसे गाउँपालिका २ का वडाध्यक्ष तथा   स्वास्थ्यचौकी अध्यक्ष ममिन्द्र कुमार लिम्वुले उद्घाटन गर्नुभयो । ल्यावसेवाको उद्घाटन  गर्दै उहाँले वडामा एम्वुलेन्स सेवाको लागि समेत जानकारी गराउदै आर्थिक वर्ष २०७५र७६ को वजेट मार्फत ल्याव सेको सुविधा पनि थप विस्तार गर्ने वताउनुभयो । सर्वसाधारण जनताको स्वास्थ्य सेवामा पहुच पुर्याउने लक्षका साथ सञ्चालनमा ल्याईएको ल्याव सेवा उद्घाटन कार्यक्रममा वोल्ने वक्तहरुले गरिव तथा असहाय जनतालाई गाउँपालिकाले नि शूल्क सेवा दिन आवश्यक रहेको वताएकाछन् ।  

कार्यक्रममा ल्याव अशिष्टेण्ट मनिका क्याप्छ्याकी मगरले अव मुढेवास स्वास्थ्यचौकी वाट सर्वसाधारण जनताले प्रेसर,सुगर,युरिक एसिड जाँच सेवा पाउने जानकारी गराउनुभयो । सेवा सञ्चालनको आज पहिलो दिन नै २८ जनाको रगत परिक्षण गरिएको र जसमध्ये ५ जनामा युरिक एसिड र ८ जनामा सुगरको समस्या देखएिको स्वास्थ्यचौकी प्रमुख योगराज लिम्वुले  जानकारी दिनुभयो ।

यसअघि त्यहाँका वासिन्दा यो सेवा लिनका लागि डाँडा वजार वा धरान पुग्नु पर्ने वाध्यता थियो । स्वास्थ्य चौकीका अहेव गगेन्द्र यादवले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नेकपाको तर्फवाट सञ्च वहादुर मादी,नेपालि कंग्रेसको तर्फवाट भीम तुम्छा र चिन्तामणी पौडेल, शिक्षक गजेन्द्र घिमिरे लगायतकाले मन्तव्य राखेका थिए । सञ्चालन स्वास्थ्यचौकी प्रमुख लिम्वुले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

धनकुटाको मुढेवास स्वास्थ्य चौकीमा ल्यावसेवा सञ्चालन ,

माघ २ धनकुटा । आखा उपचार सेवालाई थप ब्यवस्थित, प्रभावकारी तथा व्यापक बनाउनका लागि नेपाल नेत्र ज्योती संघ धनकुटाले आज विभिन्न समिति तथा उपसमितिहरु

धनकुटाको मुढेवास स्वास्थ्य चौकीमा ल्यावसेवा सञ्चालन ,

धनकुटा २३ पौष, नेपाल नत्रज्योती संघ डा। राम प्रसाद पोखरेल आखा अस्पताल धनकुटाले  आखा स्वास्थ्य शिक्षा तथा संस्था परिचत अभिमुखिकरण कार्यक्रम आज देखी

धनकुटाको मुढेवास स्वास्थ्य चौकीमा ल्यावसेवा सञ्चालन ,

काठमाडौ । चिकित्या शिक्षा ऐनको माग गर्दै पटक पटक अनसनमा बसेका डा।गोविन्द केसीले आफूसँग भएका सहमति विपरित संसदीय समितिमा चलखेल भए अनसन बस्ने चेतावनी