शहिद रिदामाहाङ्ख रामालिहाङ्ख नकाउट वडा स्तरीय फुटबल प्रतियोगीता । 

मंशीर २७ धनकुटा ।
     
किरात आठपरहीया समाज नेपाल धनकुटाले शहिद रिदामाहाङ्ख रामालिहाङ्ख नकाउट वडा स्तरीय फुटबल प्रतियोगीता संचालन गर्ने भएको छ । 
 
धनकुटा ५ स्थित तल्लो टुडिखेलमा भोलि शुक्रबार देखी सुरु हुने वडा स्तरीय नकाउट फुटबल प्रतियोगीतामा नगरका १० वटै वडाको सहभागीता रहने आयोजकले जानकारी दिएको छ।  

नगरपालिकाभित्रका युवाहरुलाई खेलकुदमा प्रोत्साहन गर्ने उदेश्यले प्रतियोगीताका आयोजना गरिएको पत्रकार सम्मेल नगरि जानकारी गराईएको छ । शुक्रबारदेखि सुरु हुने प्रतियोगीताको विजेता टिमले नगद ३५ हजार,ट्रफी ,मेडल र प्रमाण पत्रप्राप्त गर्नेछ भने उपविजेता बन्ने टिमले नगद २० हजार सहीत ट्रफी ,मेडल र प्रमाण पत्रप्राप्त गर्ने फुटबल संचालन समितिका संयोजक कमल किम्दाङ्खले बताउनुभयो ।

६ दिन सम्म संचालनहुने प्रतियोगीतामा ९ खेल हुने आयोजनक समितिले जानकारी गराएको छ। शहिद रिदामाहाङ्ख रामालिहाङ्खको सम्झनामा संचालन गरिएको प्रतियोगीतामा २ लाख ६५ हजार खर्च हुने बताईएको छ । प्रतियोगीताबाट नगरपालिकाका दुईसय युवाहरुले खेल मार्फत प्रत्यक्ष उपल्वधी हासिल गर्ने आयोजकले जनाएको छ ।

ई.स.१८६७ असोजमा धनकुटा ८ सानङ्गोकोद्धय रिदामाहाङ्ख रामालिहाङ्ख आठपहरीयाले  देउराली आडुवा उत्पतिमा लिप्न जादाँ तत्काली शाणा शासकहरुले जर्बजस्ती दशै मनाउन लगाईएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । दशै मान्न इन्कार गरेको भन्दै रिदामाहाङ्ख र रामालिहाङ्ख आठपहरीयालाई झुण्डाएर निर्ममतापुर्वक हत्या गरिएको थियो। 

प्रतिकृया दिनुहोस

शहिद रिदामाहाङ्ख रामालिहाङ्ख नकाउट वडा स्तरीय फुटबल प्रतियोगीता । 

धनकुटा २ माघ ।   धनकुटाको पाख्रीवास नगरपालिकामा वडा स्तरिय प्रथम मेयर कप फूटवल प्रतियोगिता हुने भएको छ । नगरमा खेलकूद विकास र खेलाडी उत्पादन गर्ने

माघ १ धनकुटा ।   आज माघे सक्रान्ति पर्व धनकुटा सहित देशभर भव्यताका साथ मनाईएको छ । यो पर्वको अवसरमा धनकुटाको पाख्रीवास नगरपालिका ७ मा गोरु जुधाई